सुस्त मनस्थितिकी युवतीमाथि सामुहिक बलात्कार आरोपीमध्ये दुई जना पक्राउ

Posted on: 18 Jun, 2022

असार ४, दाङ | दाङमा एक सुस्त मनस्थितिकी युवतीमाथि सामुहिक बलात्कार गरेको आरोप लागेका चारमध्ये दुई जना पक्राउ परेका छन् । तुलसीपुर उपमहनगरपालिका–५ की २५ बर्षीया  युवतीमाथि २ असार राति  तुलसीपुर–९ दोघरेस्थित निर्माणाधीन घरमा चार जनाले सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । 

आरोपितमध्ये तुलसीपुर–९ दोघरेका २४ बर्षीय शंकर बिक र २३ बर्षीय कमल चौधरी पक्राउ परेका हुन् भने अन्यको खोजी जारी रहेको प्रहरी प्रमुख सुरेश काफ्लेले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!