अण्डरवेयर भित्र सुन लुकाएर ल्याउने तीन जना पक्राउ

Posted on: 11 Jun, 2022

जेठ २८, काठमाडौँ | प्रहरीले २६० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ। कुवेतबाट जजिरा एयरलायन्सको विमानबाट अण्डरवेयरको भित्रि भागमा लुकाएर ल्याएको अवस्थामा तीनै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा प्रकाश दनुवार, शुमा कुमारी माझी र सरोज मोची रहेका छन्। जजिरा एयरलायन्सको जे९ ५३९बाट शनिबार नेपाल आएका उनीहरुले पाइन्टको भित्रि भागमा लुकाएर बाहिरबाट सिलाई लुकाएर ल्याएको अवस्थामा भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो।

तीनै जनालाई अन्य व्यक्तिले एक-एक वटा पाइन्ट दिएर लगाई जान भनेको र नेपाल पुगेपछि ती पाइन्ट अन्य व्यक्तिलाई बुझाएपछि केही रकम पाउने आशा देखाएको प्रारम्भिक बयानमा खुलेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!