सामाजिक सञ्जालमार्फत युवतीको गोप्य भिडियो पठाएर चरित्र हत्या, प्रहरी जवान नै समातिए

Posted on: 27 May, 2022

जेठ १३, काठमाडौँ | सामाजिक सञ्जालको दुरुपयोग गरी युवतीलाई  हैरानी र चरित्र हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । युवतीलाई सामाजिक सञ्जालमा साथी बनाई म्यासेज, च्याट, भिडियो कल गर्ने र सोही क्रममा पीडितलाई प्रलोभनमा पारी खिचेका समाजमा अपाच्य हुने अन्तरङ्ग तस्बिरहरु  सामाजिक सञ्जालमा पोष्ट गर्दै चरित्रहत्या गरेको आरोपमा प्रहरी जवान समेत पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार पक्राउमा रौतहटको दुर्गा भवानीपुर गाउँपालिका वडा नम्बर ४ घर भइ प्रहरी चौकी बटेश्वर धनुषामा कार्यरत प्रहरी जवान कृष्ण कुमार यादव  पक्राउ परेका हुन् ।  उनलाई जेठ ११ गते पक्राउ गरी  जिल्ला अदालत काठमाडौंबाट बिहीबार ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोको भनाइ छ । 

त्यसैगरी विराटनगर महानगरपालिका वडा १७ घर भई जिल्ला सुनसरीको धरानमा बस्दै आएका ३१ वर्षीय मोहम्मद सद्दाम भन्ने मोहम्मद कासीमलाई पनि प्रहरीले पक्राउ गरेको छ ।  उनीमाथि पनि जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

उनले फेक अकाउन्ट खोली पीडित युवतीको अन्तरङ्ग तस्बिरहरु आफन्त र साथी भाइलाई पठाई चरित्र हत्या गरेको आरोप छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!