वीरेन्द्रनगरकी उपप्रमुख उम्मेदवार ढकाल चढ्ने गाडीमा आगजनी

Posted on: 07 May, 2022

वैशाख २४, सुर्खेत | वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख शान्ति ढकाल चढ्ने गाडीमा शुक्रबार राति अज्ञात समूहले आगजनी गरेको छ । कांग्रेस–माओवादी गठबन्धनकी उम्मेदवार रहेकी ढकाल चढ्ने बा १४ च ६८३१ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको हो । 

वीरेन्द्रनगर नगरपालिका–६ को मुख्य बजार क्षेत्रमा रहेको सत्कार होटलअगाडि पार्किङ गरी राखेको गाडीमा  अज्ञात समूहले आगजनी गरेकाे हाे । 

त्यस्तै, जुम्ला रोडस्थित सेन्चुरी बैंक अगाडि रोकेको कर्णाली प्रदेश ०२–००१ ख ००६१ नम्बरको मिनी बसमा पनि शुक्रबार राति आगजनी भएको छ । मिनि बस एमालेको चुनाव प्रसारप्रचारमा प्रयोग हुँदै आएको थियो । 

आगजनीबाट स्कर्पियोको टायर र बाहिरी भागमा क्षति भएको छ भने मिनीबसको सिसा र भित्र सिटहरुमा क्षति भएकाे जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रमुख प्रहरी उपरिक्षक पदमबहादुर विष्टले बताए । 

शंकास्पद पाँच जनालाइ नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक बिष्टले बताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!