नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाने शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

Posted on: 06 May, 2022

वैशाख २३, काठमाडौँ | शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी नियुक्ति लिएको भन्दै एक शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रवार पाँचथर तुम्वेबा गाउँपालिका–४, बलेनस्थित धुवाखोला आधारभूत विद्यालयका तत्कालीन प्रावि शिक्षक (करार) बिरजुकुमार गक्षदारविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । 

आयोगका अनुसार उनले तृतीय श्रेणीको अस्थायी करार शिक्षक पदमा दरखास्त दिँदा पीसीएलको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!