जनता मावि प्रकरण : यौन दुर्व्यवहार आरोपित शिक्षक प्रहरी नियन्त्रणमा

Posted on: 16 Apr, 2022

 वैशाख ३, हेटौंडा | मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिका-८ मा रहेको जनता माद्यामिक विद्यालयका आरोपित शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीनै जना शिक्षकलाई प्रहरीले यौन दुर्व्यवहारको आरोपमा नियन्त्रणमा लिएको हो । 

आरोपित लोकबहादुर विक, रुद्रबहादुर विक र हेमबहादुर विकलाई शुक्रबार इलाका प्रहरी कार्यालय फापरबारीले नियन्त्रणमा लिएको हो । विद्यालयमा लामो समयदेखि विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्दै आएको भन्दै अभिभावकले चैत २४ गते प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए । 

अभिभावकको जाहेरीपछि चैत २५ गते हेमबहादुर बिक आफै प्रहरीको सम्पर्कमा आएका थिए । बाँकी लोकबहादुर बिक र रुद्रबहादुर बिक पनि शुक्रबार साझ इलाका प्रहरी कार्यालय फापरवारिमा सम्पर्कमा आएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । 

इलाका प्रहरी कार्यालय फापरबारीले शुक्रबारनै तीनै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई बुझाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!