भूमिसुधार कार्यालय धनुषाका निमित्त प्रमुख घुस रकमसहित पक्राउ

Posted on: 11 Apr, 2022

चैत्र २८, काठकाडौं | भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख सुनिल कुमार झा घुस रकमसहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले झालाई पाँच लाख घुस रकमसहित पक्राउ गरेको हो ।

झाले जग्गा सम्बन्धी हक साफी मुद्दाको फैसला सुनाए वापत सेवाग्राहीसँग पाँच लाख मागेको सूचना एवं उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले घस रकमसहित भानुचोक जनकपुरबाट सोमबार बिहान ८:१५ मा नियन्त्रणमा लिएको जनाएको छ ।

उनलाई पक्राउ गरेर अख्तियारले अनुसन्धान थालेको छ ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!