वैदेशिक रोजगार करार विपरीत कार्य गरे गराएमा के सजाय हुन्छ ?

Posted on: 23 Apr, 2021

वैदेशिक रोजगारमा जानेहरुलाई करार विपरीत कार्य गरे गराएमा वैदेशिक रोजगार ऐन २०६४ ले सजायको व्यवस्था गरेको छ । उक्त ऐन अनुसार कुनै पनि इजाजतपत्रवाला (म्यानपावर) कम्पनीले कुनै कामदारसँग एउटा कम्पनीमा काम गर्ने भनी करार गरी सोभन्दा कम पारिश्रमिक र सुविधा पाउने गरी वा कामको प्रकृति नै फरक पारी अर्को कम्पनीमा काम लगाएमा वा जुन कामको लागि वैदेशिक रोजगारमा पठाएको हो सो काममा नलगाई अर्को काममा लगाएमा वा जति पारिश्रमिक र सुविधा दिने भनी लगेको हो सोभन्दा कम पारिश्रमिक र सुविधामा काम लगाएमा विभागले इजाजतपत्रवालालाई एक लाख रुपैयाँ जरिबाना गर्छ । साथै जति पारिश्रमिक र सुविधा कम दिएको हो सो रकम विभागले इजाजतपत्रवाला (म्यानपावर)बाट कामदारलाई भराइदिने व्यवस्था छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!