म्यानपावर मार्फत वैदेशिक रोजगारमा जान श्रम-स्वीकृति लिने प्रक्रिया के छ ?

Posted on: 22 Apr, 2021

श्रम स्वीकृतिको निस्सा (स्टिकर) सम्बन्धी व्यवस्था वैदेशिक रोजगार ऐन अनुसारकै व्यवस्था हो । नेपालबाट वैदेशिक रोजगारमा जाने प्रक्रियामा रहेका हरुले अनिवार्य श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारमा जान सक्दछ । इजाजतपत्रवाला (म्यानपावर) ले प्रक्रिया पुरा गरेर छनोट गरेको छनौट गरेको कामदारको प्रवेशाज्ञा (भिसा) प्राप्त भएपछि त्यस्ता कामदारलाई वैदेशिक रोजगारमा पठाउनुअघि देहायका विवरण संलग्न गरी श्रम स्वीकृतिको निस्सा (स्टिकर) को लागि विभाग समक्ष लेखि पठाउनेछः–

(क) कुनै कामको लागि सीपमूलक तालिम आवश्यक पर्ने भए त्यस्तो तालिम लिएको प्रमाणपत्र र अभिमुखीकरण तालिमको प्रमाणपत्र,

(ख) निरोगिताको प्रमाणपत्र,

(ग) वीमा गरेको प्रमाणपत्र,

(घ) इजाजतपत्रवाला र कामदारबीच भएको करार,

(ङ) रोजगारदाता संस्था र कामदारबीच भएको करार,

(च) कामदारले इजाजतपत्रवालालाई तिरेको रकमको रसिद वा बैङ्क भौचर,

(छ) तोकिए बमोजिमका अन्य कुराहरु ।

वैदेशिक रोजगार बिभागले तोकिए बमोजिम पेश भएको विवरण जाँचबुझ गरि तीन दिनभित्र त्यस्ता कामदारको राहदानीमा श्रम स्वीकृतिको निस्सा (स्टिकर) लगाई दिन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!