म्यानपावरको इजाजतपत्र र नविकरण सम्बन्धि के-के नियम छ ?

Posted on: 22 Apr, 2021

वैदेशिक रोजगार ऐन अनुसार इजाजतपत्रबिना वैदेशिक रोजगार व्यवसाय सञ्चालन पाइदैन । वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न चाहने संस्थाले इजाजतपत्रको लागि तोकिए बमोजिमको विवरण खुलाई विभाग समक्ष निवेदन दिनु पर्छ ।

इजाजत लिनको लागि पेश भएको निवेदनउपर आवश्यक जाँचबुझ गर्दा त्यस्तो संस्थालाई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र दिन उपयुक्त देखेमा वैदेशिक रोजगार विभागले तोकिए बमोजिमको इजाजतपत्र दस्तुर र धरौटी लिई इजाजतपत्र दिन्छ ।

इजाजत पाएपछि मात्र वैदेशिक रोजगारमा पठाउन पाइन्छ । यसरी इजाजत लिएकाहरुले वैदेशिक रोजगार ऐनलाई पूर्ण पालना गर्नुपर्ने र युवाहरुलाई प्रतिष्पर्धात्मक र पारदर्शी तरिकाले सरकारले तोकेको लागतमा वैदेशिक रोजगारमा पठाउनु पर्छ । 

इजाजत पाएर मात्र हुँदैन हरेक बर्ष इजाजत नवीकरण समेत गराउनुपर्ने नियम छ । इजाजतपत्रवालाले एकै पटकमा तीन वर्षको नवीकरण दस्तुर बुझाएर तीन आर्थिक वर्षसम्मको लागि इजाजतपत्र नवीकरण गराउन पाइन्छ ।

स्रोत: वैदेशिक रोजगार ऐन - २०६४

यस बिषयमा तपाइको प्रतिक्रिया...!