रोमानिया पठाइदिन्छु भन्‍दै ८ जनासँग १८ लाख ठगी गर्ने एक जना पक्राउ

Posted on: 15 May, 2023

जेठ १, काठमाडौं | रोमानिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका-७ घर भई हाल काठमाडौं जिल्ला टोखा नगरपालिका ९ जाल्पाचोक बस्‍ने ३४ वर्षीय विशाल विश्वकर्मा रहेका छन् ।

उनलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिन्छु भन्‍दै ८ जना पीडितबाट प्रतिव्यक्ति ५ लाख ५० हजारका दरले १८ लाख रकम लिएर सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

थप अनुसन्धान तथा कारबाहीका लागि विश्वकर्मालाई वैदेशिक रोजगार विभाग बुद्धनगर  पठाइएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!