सुरक्षामा खटिएका प्रहरीले गरे माओवादी नेता वर्षमान पुनकी आमामाथि गोली प्रहार

Posted on: 15 Apr, 2023

बैशाख २, काठमाडौँ | नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनकी आमामाथि नेपाल प्रहरीबाट खटिएका निजी सुरक्षा गार्डले गोली प्रहार गरेका छन् ।

शुक्रवार राति साढे ९ बजे  तिर घरमा रहेको बेला भएको गोली प्रहारबाट पुनकी आमाको खुट्टामा चोट लागेको छ । घाइते अवस्थामा रहेकी उनको ट्रमा सेन्टरमा उपचार भइरहेको जनाइएको छ ।

प्रगोली चलाउने प्रहरीलाई राति १ बजे नियन्त्रणमा लिइएको छ । उनलाई प्रहरी प्रधान कार्यालयमा लगेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!