सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदै

Posted on: 09 Apr, 2023

चैत २६, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानेको जबरजस्ती करणीको मुद्दामा आज (आइतबार) सुनुवाइ हुने भएको छ। काठमाडौं जिल्ला अदालतले लामिछानेको मुद्दामा आइतबारलाई पेसी तोकेको छ। 

यसअघि गत बुधबार (चैत २२ गते) लामिछानेको मुद्दा पेसीमा चढेपनि हेर्न नभ्याउने हुँदै सरेको थियो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा ६ नम्बरमा पेसी परेको भए पनि हेर्न नभ्याउने भएपछि सुनुवाइ सरेको थियो ।  सो मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना छ । 

पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले पाँच बुँदे सर्तसहित उनलाई रिहा गर्न आदेश दिएका थिए । उच्च अदालतले जिल्ला अदालत काठमाडौँले गरेको पुर्पक्षका लागि थुनामा पठाएको आदेश बदर गरेको थियो ।

अब, उनको मुद्दामा जिल्ला अदालतबाट अन्तिम सुनुवाइ हुँदैछ । परिवर्तित नाम गौशाला–२६ ले उनीविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!