प्रथम मेयरकप भलिबलमा सेमिफाईनलमा पुग्ने टिमको टुंगो लाग्यो

Posted on: 04 May, 2018

कमल रावल | बैशाख २१, अछाम | मंगलसेनमा जारी प्रथम मेयरकप जिल्ला स्तरिय भलिबल प्रतियोगितामा सेमिफाईनल प्रबेश गर्ने टिमको टुगो लागेको छ । 

शुक्रबार सम्पन्न खेलमा समुह क बाट विजेताको रुपमा मेल्लेख गाउपालिका र उपविजेताको रुपमा आयोजक मंगलसेन नगरपालिका ए सेमिफाईनमा प्रबेश गरेका छन । समुह ख बाट विजेताको रुपमा जयगढ बान्नीगढी गाउपालिका र उपविजेताको रुपमा तुर्माखाद गाउपालिका सेमिफाईनल पुगेका हुन । अब पहीलो सेमिफाईनल खेलमा भोली बिहान ७ बजे समुह क को विजेता मेल्लेख र उपविजेता मंगलसेन ए भिड्ने भएका छन । 


दोस्रो सेमिफाईनलमा विजेता बान्नीगढी र उपविजेता तुर्माखाद गाउपालिका भिड्ने छन । प्रतियोगिताको फाईनल खेल सहीत समापन समेत भोली नै गरिने जिल्ला खेलुकद बिकास समिती अछामका सदस्य सचिव हर्क साउदले जानकारी दिनु भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!