जाडाेमा यस्ता मानिसहरुले अदुवा खानै हुदैन, यस्ता छन् अदुवाको फाइदा, बेफाइदाहरु !

Posted on: 15 Jan, 2023

काठमाडौँ | अदुवा, वैज्ञानिक वर्गीकरणअनुसार जिन्जीविरेसी परिवारमा पर्ने प्रमखु बिरुवा हो । यसको प्रयोग साधारणत तरकारी, मसला र औषधिको रूपमा आउँछ ।

यसको गानो रेशादार हुन्छ । यसले शरीरलाई तातो बनाउनुको साथै रुघा-खोकी, ज्वरो, घाँटी खस्खसाउने जस्ता समस्याहरुबाट मुक्ति प्रदान गर्छ । अदुवाको नियमति सेवनले विभिन्न खाले फाइदा पूराउँछ सरीरमा जुन यसप्रकार छन् :

  •  यसले रक्तप्रवाहलाई सन्तुलित बनाउन सहयोग गर्दछ । अदुवामा क्रोमियम, म्याग्नेसियम तथा जिंक लवण पाइन्छ जसले रक्तप्रवाहलाई नियमित र सन्तुलित बनाउँदछ ।
  • अदुवामा मधुमेह प्रतिरोधी गुण हुन्छ । अदुवाको नियमित सेवनले रगतमा सुगरको मात्रा नियन्त्रण गरिदिन्छ । साथै यसले रगतमा कोलेस्ट्रोलको मात्रा पनि नियन्त्रण गर्दछ । जसका कारण मुटुरोगको जोखिम पनि कम हुन्छ ।
  • विहानपख वाकवाकी लाग्ने समस्या भएकाहरुले अदुवाको सुठो चपाउनाले फाइदा गर्छ र उल्टी हुनबाट रोक्दछ । त्यसका साथै विभिन्न सर्जरी तथा क्यान्सरको केमोथेरापी गरेका विरामीमा आउने वाकवाकी तथा वान्ता रोक्न पनि अदुवा सहयोगी हुन्छ । अझ गर्भवती महिलालाई विहानपख आउने वाकवाकी नियन्णमा यो रामवाण नै सावित हुन्छ ।
  • यदि तपाइँलाई चिसो तथा रुघाखोकीले सताउँछ भने अदुवा नियमित रुपमा खाने गर्नुहोस् । अदुवा पोलेर खानाले खोकीमा फाइदा गर्छ ।
  • छाति तथा करंग दुख्ने समस्यामा पनि अदुवाको सेवन फाइदाजनक हुन्छ ।
  • धेरै थकान तथा कमजोरी महसुस हुने समस्या भएकाहरुका लागि पनि अदुवाको सेवनले राहत प्रदान गर्दछ ।
  • जिउको कुनै मांशपेशी दुखेको तथा सुन्निएको छ भने अदुवा त्यस्तो पीडा कम गर्न उपयोगी हुन्छ । यसलाई नियमित रुपमा चपाएर वा अन्य परिकारमा मिसाएर खानाले यसले मांशपेशीले दुखाइ विस्तारै कम गर्छ ।
  • बाथरोगी तथा जोर्नी दुख्ने समस्या भएकाहरुका लागि समेत अदुवाको सेवन लाभदायी हुन्छ ।
  • अपचको समस्या झेलिरहेका हरुका लागि पनि अदुवा निकै लाभदायी हुन्छ । अदुवाको धुलो नियमित रुपमा सेवन गर्नाले पाचन प्रक्रिया नियमित हुन्छ तथा राम्रोसँग दिसा हुन्छ ।
  • अदुवाको नियमित सेवनले विभिन्न खाले संक्रमण जस्तै गिँजाको संक्रमण तथा स्वासनलीको संक्रमणको जोखिम पनि कम गरिदिन्छ ।

तर, कहिलेकाहीँ अदुवाको सेवन कुनै व्यक्तिको लागि ज्यान नै जाने कारण पनि हुनसक्छ ।अदुवाको सेवन हरेकको लागि फाइदाजनक हुँदैन ।


    त्यस्ता धेरै व्यक्तिहरु छन् । जसलाई अदुवाको सेवन शरीरका लागि खतरनाक प्रमाणित हुन सक्छ । आज हामी त्यस्ता रोगहरुको बारेमा चर्चा गर्ने छौं, जसमा अदुवाको सेवनले नोक्सान पुर्‍याउन सक्छ ।

    कस्ता व्यक्तिले खानु हुँदैन:

      औषधि खाने व्यक्तिहरुका लागि

      हरेक दिन औषधि लिने व्यक्तिहरुका लागि अदुवाको सेवन खतरनाक हुन सक्छ । यदि कुनै व्यक्तिले दिनहुँ औषधि प्रयोग गर्छ भने उनीहरुले अदुवाको सेवन गर्नुहुँदैन ।

      किनभने ती औषधिमा समावेश ड्रग्सहरु जस्तै बेटा-ब्लोकर्स, एन्टिकोगुलेन्ट र इन्सुलिन अदुवासँग मिलेपछि खतरनाक मिश्रण बन्छ ।

      गर्भधारणमा अदुवाको सेवन हुन सक्छ खतरनाक

      गर्भधारण भएको समयमा अदुवाको सेवन गर्नुहुँदैन । सुरुवाती महिनामा अदुवाको सेवन राम्रो भए पनि पछि यसको सेवनले नोक्सान पुर्‍याउन सक्छ ।

      बच्चा जन्मनु तीन महिना अगाडि अदुवाको सेवन खतरनाक हुनसक्छ । यो समयमा अदुवाको सेवन गर्नाले पि्रम्याच्योर डेलिभरी र लेबर हुने खतरा हुन्छ ।

      पित्तको पत्थरी भएकाहरुका लागि

      पित्तको पत्थरी भएको व्यक्तिलाई अदुवाको सेवन खतरनाक हुनसक्छ । वास्तवमा अदुवाको सेवनले शरीरमा भाइल जुस अत्याधिक मात्रामा बनाउन सुरु हुन्छ ।

      पित्तको पत्थरी हुँदा त्यो जुस बढी मात्रामा निर्माण हुनु खतरनाक हुनसक्छ । त्यसैले यस्तो स्थितिमा अदुवाको सेवन गर्नुहुँदैन ।

      अपरेशन गरेका व्यक्तिहरुका लागि

      यदि तपाइर्ं कुनै अपरेसन गर्दै हुनुहुन्छ भने तपाइर्ंले दुई हप्ताअघिदेखि नै अदुवाको सेवन गर्नुहुँदैन । किनभने अदुवाको सेवन गर्नाले रगत पातलो हुन्छ ।

      जुन सामान्य स्थितिमा शरीरको लागि ठिक होइन । सर्जरीको समयमा अदुवाको सेवन गर्नाले तपाईंको शरीरबाट बढी मात्रामा रगत बग्न सक्छ ।

      दुब्लो मानिसका लागि

      यदि तपाईं दुब्लो-पातलो हुनुहुन्छ भने अदुवाको सेवन तपाइर्ंका लागि हानिकारक हुन्छ । किनभने अदुवामा फाइबर हुन्छ र यसले शरीरको पीएच लेवललाई बढाउँछ ।

      जसले गर्दा खाना पचाउने एन्जाइम्स एक्टिवेट हुन्छ । यसले चिल्लो पदार्थलाई तीब्र गतिमा उत्पन्न गराउँछ र भोक कम लाग्छ, जसका कारण वजन कम हुन थाल्छ ।

      रगत सम्बन्धी समस्या हुनेहरुका लागि

      जुन व्यक्तिमा रगत विकारको समस्या हुन्छ । ती व्यक्तिहरुले अदुवाको सेवन गर्नुहुँदैन । किनभने अदुवाको सेवनले रगत पातलो हुन्छ । यहि कारणले गर्दा केही व्यक्तिहरुलाई हल्का घाउ हुँदा पनि रगत धेरै बग्छ ।

      हरेक दिन औषधि लिने व्यक्तिहरुका लागि अदुवाको सेवन खतरनाक हुन सक्छ । यदि कुनै व्यक्तिले दिनहुँ औषधि प्रयोग गर्छ भने उनीहरुले अदुवाको सेवन गर्नुहुँदैन ।

      किनभने ती औषधिमा समावेश ड्रग्सहरु जस्तै बेटा-ब्लोकर्स, एन्टिकोगुलेन्ट र इन्सुलिन अदुवासँग मिलेपछि खतरनाक मिश्रण बन्छ ।

      यस बिषयमा तपाइको प्रतिक्रिया...!