तपाईलाई यस्ता ४ रोग वा समस्या छ ? भुलेर पनि केरा नखानु होला

Posted on: 13 Jan, 2023

टिप्स  | केरा १२ महिनानै फल्ने लोकप्रिय फल हो। केरा खानु स्वास्थ्यको लागि निकै फाइदाजनक छ । तर केही अवस्थामा केरा खानु हानिकारक मानिन्छ । 

पढ्ने विद्यार्थीहरुले दैनिक एउटा केरा खानु आवश्यक छ । जसको कारण दिमागको तागत बढाउँछ र स्मरणशक्ति तेजिलो बनाउँछ ।

शारीरिक व्यायाम गर्ने व्यक्तीले पनि केरा सेवन गर्नु अत्यन्त जरुरी छ । यसमा भएको पोटाशियमबाट तागत तुरुन्त मिल्छ।

त्यस्तै डिप्रेशनका व्यक्तिलाई पनि केराले निकै फाईदा पुराउँछ । यसमा भएको अमीनो एसिडको अधिक मात्राले हार्मोनको लेवल सन्तुलन रहन्छ र मुड पनि राम्रो रहन्छ।

१. कमजोरी हटाउँछ

यसमा भिटामिन सी हुन्छ। जसको कारण कमजोरी हट्छ र तागत मिल्छ।

२ . दिमाग तेज

यसमा भिटामिन बी 6 हुन्छ, जसले दिमागलाई तेजिलो बनाउँछ।

३. मुटू रोगको समस्याबाट छुटकारा

केरामा भएको पोटाशियमले मुटू रोगको समस्याबाट बचाउँछ।

कस्ता समस्या भएको बिरामीले खान हुदैन ? जानीराखौ..

१. मोटोपनको समस्या

यसमा क्यालरी बढी हुन्छ र तौल बढाउने गर्छ। यसकारण मोटोपनको समस्या भएका व्यक्तीले केरा नखानु राम्रो हुन्छ।

२ .मांशपेशी कम्जोर हुन्छ

यसमा प्रोटिन कम हुन्छ। त्यसैले मांसपेशी कमजोर हुने व्यक्तीले केरा खानु हुदैन।

३ . ग्यास्ट्रिकको समस्या हुने व्यक्ती

ग्यास्ट्रिकको रोगीले पनि केरा खानुहुदैन।

४. टाउको दुख्ने रोग

यसमा थायरेमिन हुन्छ। केरा खानाले टाउको दुख्ने र माइग्रेनको असर बढ्छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!