धेरै तनाव लिँदा शरीरमा हुनसक्छ यी स्वास्थ्य समस्या !

Posted on: 18 Nov, 2022

मंसिर २, काठमाडौँ | तनावका कारण शरीरमा अनेक प्रकारका समस्या हुने गर्छन् । अत्याधिक तनावका कारण लगातार टाउको दुख्ने, अनिद्राको हुने, र पाचनप्रक्रियामा समस्या हुने गर्छ । 

फिजिसियन डा.रोगर हेन्डरसनले तनावका कारण शरीरमा निम्न  किसिमका समस्या हुने बताएका छन् ।


आन्द्रामा समस्या

१३ लाख ब्रिटिश र ४५ लाख अमेरिकीहरुमा आन्द्रामा समस्या छ । ७० प्रतिशत डाक्टरले यसलाई साझा पाचन समस्याको रुपमा लिने गर्छन् ।

आन्द्रामा समस्या हुँदा कब्जियत र झाडापखालाको समस्या पनि हुनसक्छ । आन्द्रामा समस्या हुँदा पेट सुनिने समस्या हुनसक्छ । ९४ प्रतिशत ब्रिटिश डाक्टरहरु तनावका कारण आन्द्रामा समस्या हुने मान्छन् । 

डा.हेन्डरसनका अनुसार दिमाग र पाचनप्रणाली बीच एकआपसमा सम्बन्धित हुन्छन् ।

अत्याधिक पसिनाको समस्या

तनावमा हुँदाखेरि शरीरमा अत्याधिक पसिना आउने गर्छ । निराशाको अवस्थामा पसिना आउनु स्वभाविक हो । 

डा. हेन्डरसनका अनुसार मानव शरीरमा ४० लाख पसिना ग्रन्थी हुने गर्छ । धेरैजसो हत्केला, पैताला र कोखामा हुने गर्छ । तनावका कारण पैदा हुने पसिना अलग किसिमको हुने गर्छ । 

तनावमा भएका बेला हाम्रो पसिना ग्रन्थीहरु बढी सक्रिय हुने गर्छ । र, शरीरमा पसिनाको समस्या हुने गर्छ ।

दाँतमा समस्या

अत्याधिक तनाव लिँदा दाँतको समस्या अर्थात बु्रक्सिजम हुने गर्छ । तनावमा हुँदा टाउको दुख्ने गर्छ । टाउको र दाँत एक आपसमा सम्बन्धित हुन्छन् । तनावका कारण अनिद्रा, कान दुख्ने र बङगाराको मांसपेशीमा समस्या हुने आउने गर्छ । 

बंगाराको मांसपेशीमा समस्या हुँदा यसले दाँतमा असर गर्ने गर्छ । फलतः दाँत नमिल्ने र दुख्ने समस्या हुने गर्छ । 

कपाल झर्ने समस्या

अत्याधिक तनावमा हुँदा टाउकोको कपाल समेत झर्ने समस्या हुनसक्छ । अनावश्यक तनाव लिँदा कपाल उम्रने छालाको प्वाल पसिना निस्केर चिसोका कारण बन्द हुने समस्या हुनसक्छ । जसको कारण कपाल झर्ने समस्या हुन्छ । कपाल धुँदाखेरि कपाल झर्ने अधिक रहन्छ ।

निद्रा नलाग्ने समस्या

तनावका कारण कयौं दिन निद्रा नलाग्ने समस्या हुनसक्छ । तनाव लिएर धेरै चिन्तित बन्दा समयमा निदाउन सकिँदैन । समस्याकै बारेमा चाहिनेभन्दा बढी एकोहोरिएर सोचिरहँदा निद्रा नलाग्ने समस्या हुन्छ । 

तनावका कारण शरीरमा रहेको हाइपरोसल हर्मोन कम हुने गर्छ जसले निद्रा नलाग्ने समस्या बढी हुनेगर्छ । 

थकान महशुस हुनु

अत्याधिक तनावबाट शरीरमा चाँडै थकान महशुस हुने गर्छ । प्रायजसो मान्छे रोजगारी र आर्थिक समस्या कारण तनावमा हुने गर्छ । र, आर्थिक समस्या पर्दा शरीरमा काम गर्ने शक्तिको कमी महशुस हुने गर्छ जसले गर्दा शरीरमा बढी थकान महशुस हुनेगर्छ । 

मुटु कमजोर बनाउँछ 

चिन्ता लिँदा मुटुका मांसपेशी कमजोर हुन्छन् । स्टे«ेस हार्मोनले मुटुको धड्कन बढाउने र नसा संकुचित गरेर रक्तसञ्चारमा बाधा उत्पन्न गराउँछ । यस्ता व्यक्तिलाई हृदयाघात हुने जोखिम बढी हुन्छ ।

बूढो बनाउँछ

सधै चिन्तामा रहने व्यक्तिको शरीरमा नयाँ कोषिकाको विकास ढिलो हुन्छ, जसले गर्दा व्यक्ति चाँडै बूढो देखिन्छ । छालामा चाउरी पर्ने, मांसपेशी कमजोर हुने, आँखा कमजोर हुनेजस्ता बुढ्यौलीका संकेत चाँडै देखा पर्छन् ।

रोगप्रतिरोधी क्षमता घटाउँछ 

चिन्ता लिइरहने व्यक्तिको शरीरमा रोगप्रतिरोधी क्षमता घट्न जान्छ, जसले गर्दा त्यस्ता व्यक्तिलाई रुघाखोकी, ज्वरोजस्ता रोग लागिरहन्छन् ।

जिनमा असर गर्छ 

तनावका कारणले मानिसको जिनमै बदलाव आउँछ । शरीरमा कति बोसो लाग्ने, रोगप्रतिरोधी क्षमता कस्तो हुने, बुढ्यौली कहिले सुरु हुने, क्यान्सर लाग्ने कि नलाग्ने भन्ने कुरा जिनले धेरै हदसम्म निर्धारण गर्ने गर्छ । चिन्ता लिने व्यक्तिको जिन यी स्वास्थ्य समस्या निम्त्याउने किसिमले ‘मोडिफाइड’ हुँदै जान्छ ।

दिमागमा असर गर्छ 

चिन्ताले दिमागमा रहने हिप्पोक्यामस भन्ने भाग ‘ड्यामेज’ गरिदिन्छ । परिणामतः व्यक्तिको स्मरणशक्ति घट्छ ।

शरीरमा विकार बढाउँछ  

चिन्ता लिँदा बोसो र चिनीयुक्त खानाप्रति आसक्ति बढ्न जान्छ, जसले शरीरमा विकार निरन्तर सञ्चय गर्दै लान्छ र शरीर विभिन्न रोगको घर बन्न पुग्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!