याद राख्नुहोस: यी ४ गल्तिले गर्दा बिग्रन सक्छ हाम्रो छाला

Posted on: 23 Feb, 2022

फागुन ११, काठमाडौँ । हाम्रो शरीर एकदमै नजुक हुनेगर्छ । कहिलेकाहि हाम्रो आफ्नै गल्तिले गर्दा आफ्नो छालालाई बिग्राने गर्छौ ।

तातो पानीले धेरै बेर नुहाउनु

तातो पानीले धेरै बेर नुहायो भने छालामा हुने फ्याट्टी एसिड, सेरामाइड्सजस्ता तत्व नष्ट हुन्छ र यसले छालालाई रुखो, सुका र फुस्रो बनाउँछ। त्यसैले तातो पानीले १० अथवा १५ मिनेटभन्दा बढी नुहाउनु हुँदैन।

सुगन्धित साबुनले नुहाउनु

साबुनले मुख धुनाले मुखमा भएको म्वइस्चराइजर कम हुन्छ र अनुहार फुस्रो बन्छ। जीउमा दल्न पनि तेल मिश्रित साबुन, बडीवास अथवा सुगन्ध नमिसाइएको साबनु छान्नुपर्छ।

नुहाएपछि तौलियाले बेस्कन पुछ्नु

नुहाएपछि हामी कपाल र शरीरलाई तौलियाले बेस्कन पुछ्ने गर्छाैं। यसो गर्दा छाला रगडिने, यसको म्वइस्चराइजर उड्ने गर्छ। नुहाएपछि जोडले कपाल पुछ्यो भने कपाल झर्ने गर्छ। त्यही भएर नुहाएपछि तौलियाले बिस्तारै पुछेर शरीरलाई ओभानो बनाउनुपर्छ।

जाडोमा सन्सक्रिम नलगाउनु

जाडोमा घामले त्यति नपोल्ने भएकाले हामी गर्मीमा मात्र अनुहारमा सनस्क्रिन क्रिम लगाउने गर्छौं। तर, छालालाई हानि पुर्याउने विकिरण सूर्यले वर्षभरि नै फाल्ने भएकाले जाडोमा सनस्क्रिन क्रिम लगाइएन भने अनुहार, घाँटी, गर्धन र हातको छाला बिग्रिन सक्छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!