विहान खाली पेटमा यी ३ खानेकुरा सेवन गर्नुस्, सजिलै बढ्छ प्रतिरक्षा शक्ति

Posted on: 04 Jun, 2021

टिप्स | हाम्रो सरिरमा राम्रो प्रतिरक्षा शक्ति नहुँदा कतिसम्मको समस्या हुन्छ भन्ने कुरा कोरोना कहरकै बीच हामीले बुझेको कुरा हो । रोगसँग लड्ने राम्रो प्रतिरक्षा शक्ति नहुँदा हामीलाई सजिलै कोरोना जस्तो महामारीले सजिलै गम्भीर अवस्थामा पुर्याउन सक्छ । त्यसो त कोरोना मात्र नभई अन्य रोगसँग लड्नको लागि पनि राम्रो प्रतिरक्षा शक्ति हुनु जरुरी कुरा हो । 

हालको परिस्थितिमा हामी आफ्नो प्रतिरक्षा बढाउनको लागि जे पनि गर्न तयार रहेको अवस्था छ । कोरोना नसरोस भन्दै निकै सावधानी पनि अपनाईरहेका छौं । खाली पेटको समयमा हामीले केहि सजिलै प्राप्त हुने सामग्रीको सेवन गरेर आफ्नो प्रतिरक्षा बढाउन सक्छौं । केहि खानेकुराहरु खालि पेटमा खाँदा त्यसले हामीलाई निकै फाइदा गर्छ । खालि पेटमा हाम्रो सरीरमा पाचनतन्त्र अन्य पाचन क्रियाकलापको बोझमा नरहेको हुँदा हामीले खालि पेटमा खाने कुरालाई पाचनतन्त्रले सहजै लिंदा त्यसको फाइदा हाम्रो सरीरलाई निकै पुग्छ । हामीले यहाँ तीन त्यस्तो खाने कुराको कुरा गर्दैछौं जो खालि पेटमा सेवन गर्दा हाम्रो सरीरलाई निकै फाइदा पुर्याउँछ । यसले मुख्यत: हाम्रो प्रतिरक्षा शक्ति बढाउनमा महत्वपूर्ण भूमिका खेल्छ । 

१. लसुन


लसुनमा एन्टीबायोटिक र एन्टीब्याक्टीरियल गुण हुन्छ । यसले मानव सरीरलाई स्वभाविक रूपमा संक्रमणदेखि टाढा राख्नमा मद्दत गर्दछ । यति मात्र होइन, यसले ब्लड शुगर लेवललाई नियन्त्रण गर्ने, हृदय स्वास्थ्यमा सुधार गर्ने र फोक्सोसँग सम्बन्धित अन्य समस्याहरुको उपचारमा पनि निकै उपयोगी हुन्छ । लसुनको सेवनलाई तपाइँले आफ्नो बिहानको खानेकुराको रुपमा ग्रहण गर्नुभएमा कोरोना मात्र नभई अन्य रोग लाग्नबाट बच्न वा लागिहाले पनि त्यसबाट छुटकारा पाउन सकिन्छ । अधिकतम लाभ पाउनको लागि तपाइँले खाली पेटमा तातोपानीसँग लसुनको एक/दुई पाटी हरेक दिन सेवन गर्न सक्नुहुन्छ । 

२. अमला 


अमलाको गुण त धेरैलाई थाहा होला । अमला मानव स्वास्थ्यको लागि निकै प्रभावकारी मानिन्छ । अमलामा भिटामिन सी अत्याधिक मात्रामा पाइन्छ । र यसले तपाइँहाम्रो प्रतिरक्षा शक्तिलाई बलियो बनाउनमा निकै प्रभावकारी भूमिका खेल्छ । तपाइहामीले अमलालाई त्यतिकै पनि वा तातो पानीको साथ बिहान बिहान सेवन गर्न सक्छौं । यसमा एन्टीअक्सिडेन्ट पनि हुने हुँदा, खाली पेटमा सेवन गर्नाले हाम्रो स्वास्थ्यको आन्तरिक देखि बाहिरी स्वास्थ्यलाई राम्रो गर्छ । यसले सरीरको छालालाई समेत चमकदार बनाउँछ । 

३. मह


खाली पेटमा तातो पानीसँग एक चम्चा मह खानाले सरीरको अनावश्यक तौल घटाउने, छाला र प्रतिरक्षाको लागि पनि यसले अद्भुत काम गर्दछ । महमा अतिरिक्त स्वाद र पोषक तत्वको लागि कागती निचोरेर तातोपानीमा मह/कागती पानीको सेवन गर्न सक्नुहुन्छ । यसरी पिउनाले एन्टीअक्सिडेन्टको भरिपूर्ण मात्रा हाम्रो सरीरले सहजै लिने हुँदा रोगसँग लड्ने क्षेमतालाई यसले बढाउँछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!