तपाइको आजको दिन कस्तो रहनेछ ? हेर्नुहोस् राशिफल

Posted on: 16 Sep, 2020

आज वि.सं.२०७७ साल भदौ ३१ गते, बुधबार । ईश्वी सन् २०२० सेप्टेम्बर १६ तारिख । नेपाल संवत् ११४० । काठमाडौंमा सूर्योदय आज बिहान ०५ बजेर ४९ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ०५ मिनेटमा हुनेछ । 

आजको राशिफल हेर्नुहोस्

मेष राशि (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):

तपाइको आज व्यवसायमा फाइदा हुनेछ । मायाप्रेममा धोका हुन सक्छ । सन्तानबाट सुख प्राप्ति नहोला । मन खासै प्रसन्न नहोला । खानपानमा ध्यान दिन्नुहोस अन्यथा स्वास्थ्य सम्वन्धी समस्या आउने देखिन्छ ।  

बृष राशि (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):

तपाइले आज ध्यान पुर्याएर काम गर्नुहोस । सामाजिक काममा प्रतिष्पर्धीसँग टक्कर हुने योग छ । गरेको काममा भनेजति उपलब्धि हासिल नहुँदा मन खिन्न होला । घर जग्गा तथा स्थाई सम्पतिमा बिवाद आउन सक्छ । 

मिथुन राशि (का,की,कू,घ,ङ,छ,के,को,हा):

तपाइको आज सकारात्मक उपलव्धी हात लाग्ने योग छ । माया प्रेममा नजिकिने योग छ । पती-पत्नी विचको सम्वन्धमा थप उचाई बढ्नेछ । व्यवसाय तथा उद्योगधन्दामा मनग्गे धन आर्जन गर्न सकिनेछ । केहि सामाजिक सम्मानको उपलब्धिले मन प्रसन्न हुनेछ । 

कर्कट राशि (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):

तपाइको आज ज्ञान आर्जनमा खासै ध्यान नजाने देखिन्छ । नातेदारसँग बिबाद बढ्न सक्ने हुँदा सावधान हुनुहोला । बोलिको प्रभाव तपाइँ अनुकुल नहुन सक्ने हुँदा बोल्दा वा निर्णय लिँदा बिशेष ध्यान पुर्याउनुपर्नेछ । स्वास्थ्यमा समस्या आउनसक्ने हुँदा सावधानी अपनाउनु होला । 

सिंह राशि (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):

तपाइको आजको दिन राम्रो रहेको छ । सामाजिक प्रतिष्ठा बढ्ने योग छ । थोरै प्रयासमा अपनी धेरै उपलब्धि हात लाग्ने योग छ । आफुले चिताएको काम बन्दा मन प्रसन्न हुनेछ । शिक्षामा पनि आजको दिन राम्रो नै छ ।

कन्या राशि (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):

तपाइँको आजको दिन त्यति राम्रो छैन । आफूले नजिक मानेको साथिसम्बन्धले सहयोग दिंदैनन् जसको कारण थालेका कामहरु छोड्नु पर्ने हुनसक्छ । व्यावसायमा समय दिन नसक्दा सोचेजस्तो उपलब्धि हाँशिल हुनेछैन । आम्दानीको बाटोहरु नहुँदा समस्या बढ्नेछ । यात्राको सम्भावना छ । साथि सम्बन्धमा आजको दिन राम्रो छैन । 

तुला राशि (रा,री,रु,रे,रो,ता,ती,तू,ते):

तपाइको आज आर्थिक स्रोत तथा आम्दानी बढ्नेछ । व्यावसायबाट सोचेको सफलता मिल्नेछ । लगानीको लागि राम्रो दिन छ । माया-प्रेम तथा आत्मीय सम्बन्धमा थप प्रगाढता बढ्नेछ । शिक्षामामा पनि आजको दिन राम्रो छ ।

बृश्चिक राशि (तो,ना,नी,नू,ने,नो,या,यी,यू):

बृश्चिक राशि हुनेहरुलाई आजको दिन प्रशन्नताको दिन रहेको छ । राजनीति तथा सामाजिक सेवामा गरिएको लगानीले राम्रै प्रतिफल दिनेछ । मान-सम्मान बढ्नेछ । व्यवसायमा जाको दिन राम्रो छ । शिक्षामा खासै उपलब्धि नभए पनि मानसम्म्मान पाइने दिन छ । 

धनु राशि (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):

यो राशि हुने तपाइको आज व्यवसायमा खासै राम्रो दिन छैन । व्यक्तिगत सम्मान-प्रतिष्ठामा प्रश्न उठाउने धेरै हुनेछन् । आँटेका कामहरु पुरा नहुँदा मन खिन्न होला । साथी वा नजिकका मानिसबाट धोका होला । 

मकर राशि (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):

आज तपाइँको दिन खासै राम्रो छैन । काम गर्दा विचार पुर्याएर गर्नुहोला । व्यवसायमा आजको दिन सन्तुष्टिको दिन हुनेछैन । प्रेम सम्बन्धमा पनि आजको दिन उचित छैन । शिक्षामा पनि राम्रो देखिदैन । सवारी साधनको प्रयोगमा सावधानी अपनाउनुहोला ।

कुम्भ राशी (गू,गे,गो,सा,सी,सू,से,सो,दा):

कुम्भ राशि हुनेहरुमा आजको दिन राम्रो रहेकोछ । प्रियजनसँग यात्रा गर्ने अवसर प्राप्त होला । सवारी साधन तथा भौतिक सम्पती जोड्ने योग छ । शिक्षामा पनि राम्रो दिन छ । आम्दानी बढ्ने हुनाले रमाइलो गरि दिन बित्नेछ ।

मीन राशि (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):

आज तपाईलाई नराम्रो मान्नेहरु आफै हराएर जानेछन् । पारिवारिक मेलमिलापको योग रहेको छ । सत्रुहरु परास्त हुनेछन् । आँटेका काममा सफलताको योग छ । व्यवसायमा पनि आजको दिन राम्रो छ । मन प्रशन्न रहनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!