यदि तपाई आफ्नो बच्चाको नाम राख्दै हुनुहुन्छ ? ख्याल गर्नुहोस यी कुराहरु

Posted on: 31 Aug, 2019

काठमाडौँ | यदि तपाई आफ्ना बच्चाहरुको नाम राख्दै हुनुहुन्छ भने राम्रो संग बुझेर मात्र राख्नुहोस | नाम भनेको पछि गएर उसको पहिचान हो | बच्चाको खुशीसँगै अनेक जिम्मेवारीहरु पनि बढ्न थाल्छ । तीमध्ये सबैभन्दा पहिलो जिम्मेवारी बच्चाको नामाकरण नै हो, प्रायः आमा-बुबा आफ्नो बच्चाको नाम के राख्ने भन्ने द्विविधामा परेको पाइन्छ ।

यद्यपि, शेक्सपियरको भनाइअनुसार नाममा के राखेको छ र ? भन्ने सोच्ने हो भने त नाम भनेको सामान्य कुरा हुन्छ । तर, नाम भनेको बच्चालाई आमा-बुबाले दिएको त्यस्तो उपहार हो, जुन जीवनभर ऊसँग रहन्छ । भविष्यमा ऊ त्यही नामले चिनिन्छ, त्यसैले नाम छनौट गर्दा विभिन्न झमेलाहरु आउनु स्वभाविक नै हो । यदि तपाईं आफ्नो बच्चाको नाम के राख्ने भन्ने समस्यामा हुनुहुन्छ भने ती कुराहरुमा ध्यान दिनुुहोस्, जसले तपाईंको समस्यालाई केही हदसम्म कम गर्न सहयोग पुर्‍याउने छ ।

तपाईंलाई के राम्रो लाग्छ ?

तपाईंले आफैसँग सोध्नुहोस्, तपाईंलाई कस्तो किसिमको नाम मनपर्छ ? तपाईंलाई केही फरक किसिमको नाम मनपर्छ कि पारम्परिक नाम मनपर्छ ? जब तपाईंले यो प्रश्नको जवाफ पाउनु हुन्छ, कस्तो प्रकारको नामको बारेमा सोच्नु हुँदैन भन्ने कुरामा तपाईं निश्चित हुनुहुन्छ । हामीले रोजेको नामले हाम्रो व्यक्तित्व वयान गर्छ ।

पौराणिक नामको माग

आज-भोलि पुराना नाम विशेष गरेर पौराणिककालका नामको माग बढेको छ । यदि तपाईंलाई पौराणिक कामको प्रसिद्ध व्यक्तिहरुको नाम मनपर्छ भने त्यसमा केही आधुनीकरण गरेर नाम राख्न सक्नु हुन्छ । तर, यस प्रकारको नाम राख्दा भविष्यमा यही नामको कारण तपाईंको बच्चा हाँसोको पात्र नबनोस् भन्ने कुरालाई ध्यान दिनु आवश्यक छ । त्यस्तै तपाईंले राख्नु भएको नामको उच्चारण पनि मानिसले सही तरिकाले गर्न सकोस् भन्ने कुरालाई पनि ध्यान दिनु पर्छ ।

बचेर प्रयोग गर्नुहोस्

हिजो-आज अभिभावकहरुले बच्चाको नाम राख्दा धेरै प्रयोग गर्न थालेका छन् । श्रीमान्-श्रीमतीको नाम जोडेर नयाँ नाम निकाल्ने चलन बढ्दै गएको छ । तर नाममा प्रयोग गर्दा बच्चाको नाम नै उसको कमजोरी र आफ्नो नामभन्दा अप्ठ्यारो लाग्ने जस्ता किसिमको नामहरु छनौट गर्नु हुँदैन ।

यी उपायहरु अपनाउनुहोस्

यदि तपाईंले आफ्नो बच्चाको नाम छनौट गरिसक्नु भएको छ, तर त्यही नाम राख्ने भनेर निश्चित हुनु भएको छैन भने यी तरिकाहरु अपनाउन सक्नु हुन्छ । आफूले राखेको नाम उच्चारण गर्नुहोस्, ठूलो स्वरले पनि बोलाउनुहोस्, आफ्नो थरसँग जोडेर बोलाउनुहोस् । तपाईंलाई उसको नाम सुन्दा कस्तो लाग्यो भन्ने अन्दाज आफैं गर्न सक्नु हुन्छ ।

परिवारमा नाम राख्ने परम्परा

प्रायः परिवारमा बच्चाको नाम अगाडिबाट आउने अक्षरको आधारमा राखिने गरिन्छ । यदि तपाईंको परिवारमा पनि यही परम्परा छ भने तपाईंको नाम छनौट गर्ने समस्या समाधान भएको सम्झनुहोस् । तपाईंले अंग्रेजी २६ अक्षरबाट शुरुआत हुने नामको बारेमा सोच्न सक्नु हुन्छ र त्यही अक्षरबाट कुनै आधुनिक नाम पनि सोच्न सक्नु हुन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!