बास्तु दोषबाट बच्न घडी, घरको कुन दिशामा राख्ने ?

Posted on: 31 Aug, 2019

एजेन्सी | यदि तपाईं घरमा घडी समय हेर्नको लागि मात्र राख्नुभएको छ भने तपाईं गलत हुनुहुन्छ । बास्तु शास्त्रको अनुसार घडीले घरमा समय देखाउने मात्र होइन त्यो भन्दा महत्वपूर्ण काम गर्छ । भारतीय शास्त्रको बास्तु र चीनको फेन्ग शुई शास्त्रको अनुसार हाम्रो घरमा राखिएको घडीले हाम्रो भाग्यको बारेमा धेरै कुरा बताउँछ । शास्त्रको अनुसार घरमा घडी झुन्ड्याउँदा सही दिशामा राख्नु जरुरी छ ।

अण्डाकार घडी : अण्डाकार घडी घरको पश्चिम दिशामा राख्नुपर्छ । यसले घरमा भएको थुप्रै बास्तु दोषहरु केही दिनमा ठिक गराउँछ । बास्तु शास्त्रको अनुसार यो दिशामा घडी राख्दा नयाँ बाटाहरु पहिल्याउँन सहज गराउँछ ।

निलो रङको घडी :व्यापार वा नोकरीमा उन्नति होस् भन्ने चाहानुहुन्छ भने निलो रङको घडी घरको उत्तर दिशामा राख्नुपर्छ । घडि निलो रङको नै हुनु आवश्यक छ । साथै यसले धन, सम्पत्तिसँग जोडिएको समस्या पनि कम हुन्छ ।

कर्टीलेज फ्रेम भएको घडी: बालबच्चा सुत्ने र बस्ने कोठामा कर्टीलेजको फ्रेम भएको घडी राख्दा उनीहरुमा सकारात्मक सोचको विकास हुन्छ । परिवारको लागि पूर्व–पश्चिम दिशामा राख्नुस् घडी

यदि विभिन्न कारणले घर–परिवारसँग समय विताउन पाइरहनुभएको छैन भने घरको पूर्व–पश्चिम दिशामा घडी राख्नुपर्छ । तर, ध्यान दिनुहोस् उक्त घडी बन्द हुन दिनुहुँदैन ।

पारिवारिक तस्बिर भएको घडी: घरको सदस्यबीच माया र प्रेम पैदा गर्नको लागि परिवारको संयुक्त तस्बिर भएको फे्रमसहितको घडी घरमा राख्नुपर्छ । यसले आपसी सम्बन्धमा सदैव प्रेम बनाइराख्छ ।

विदेश यात्राको लागि

विदेश यात्राको लागि इच्छुक मानिसहरुले उत्तर–पश्चिम दिशामा घडी राख्नुपर्छ । ध्यान राख्नुस्, घडीको आकार गोलो हुनुपर्छ । र त्यसको रङ क्रिम हुनुपर्छ । यसले विदेश यात्राको सपना छिट्टै पूरा हुन्छ ।

ग्ल्यामरको क्षेत्र मन पराउनेका लागि

ग्ल्यामरको क्षेत्र मन पराउने मानिसहरुका लागि दक्षिण दिशामा त्रिकोणात्मक आकारको घडी राख्नुपर्छ । घडीको फ्रेम काठको हुनुपर्छ । ग्ल्यामरको दुनियाँको साथसाथै रचनात्मक काम गर्न इच्छुकहरुका लागि यो फाइदाजनक हुन्छ ।

बन्द भएको घडी:ब्याट्री सकिएपछि मानिसहरु घडीमा ब्याट्री परिवर्तन गर्न धेरै समय लगाउँछन् । बन्द भएको घडीले राहु काललाई निम्त्याउँछ । त्यसैले घडी बन्द हुने वित्तिकै छिट्टै ब्याट्री परिवर्तन गर्नुपर्छ । बन्द भएको घडी राख्दा घरमा नकारात्मक शक्ति आउँछ ।

आखाँको अगाडि घडी जहिल्यै पनि आखाँकै अगाडि राख्नुपर्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!