बिहे गर्नु अघि युवतीलाई सोध्नैपर्ने ५ महत्वपूर्ण प्रश्नहरु जानी राखौ

Posted on: 14 May, 2019

टिप्स । आधुनिक समाजमा मागी विवाह भन्दा प्रेम बिबाह धेरै हुने गरेको पाइन्छ । तर यदि तपाईहरु मागी विवाह गर्न जाँदै हुनुहुन्छ भने केही महत्वपुर्ण प्रश्नहरु युवतीलाई सोध्न नभुल्नु होला ताकी पछी आफ्नो परिवारिक सम्बन्धका कुनै समस्या नआओस् ।

बिहे अघिनै एक-अर्काको आनीबानी थाहा नभएपनि त्यस सम्बन्धि सावधानी अपनाउनु निकै बुद्धिमानी हुन्छ । बिहे पछि यस्तो आनीबानी थाहा पाउनकै लागि वर्षौंसम्म लाग्न सक्छ । तर केही प्रश्न यस्ता छन् जुन प्रश्नबाट तपाई क्षण भरमै हुने जीवनसाथीको सम्पूर्ण आनीबानी थाहा पाउन सक्नुहुन्छ ।

यसले तपाईको जीवनमा नयाँ मोड ल्याउन सक्छ । विहे गर्नुभन्दा पहिला महिलालाई सोध्नुपर्ने प्रश्नहरु यस प्रकार रहेका छन् । 

१. फ्यूचर प्लानिङको बारेमा छोटो प्रतिक्रिया लिनुहोस् । उसको पहिलो प्राथमिकता के हो ? भन्ने बुझ्नुहोस् । याद गर्नुहोस् फ्यूचर प्लानिङको बारेमा उनले भनेको छोटो प्रतिक्रिया नै महत्वपूर्ण हुनसक्छ । यदी युवतीको फ्यूचर प्लानिङ बिहे अघिनै थाहा पाएमा राम्रो हुन्छ । उनले भविष्यको लागि सोचेको कुरा तपाइँलाई चित्त बुझ्दैन भने बिहे अघिनै त्यसबारे स्पष्ट आफ्नो धारणा राखेर भविष्यमा आउन सक्ने अनावश्यक विवादबाट पहिलेनै बच्न सक्नुहुन्छ ।

२. सबैभन्दा पहिला केटीको शिक्षाको बारेमा सोध्नुहोस् । सफल जीवनको पहिलो कडि नै शिक्षा हो । भनिन्छ घरमा महिला शिक्षित भए पुरै परिवार शिक्षित हुन्छ । उनको शिक्षा र उनले परिवारलाई बुझेको खण्डमा मात्र सुखी परिवार बन्न सक्छ ।  

३. आर्थिक मामलामा उनको धारणा के हो त्यो पनि बुझ्नु होस् । तपाईको जिन्दगी सफल पार्नका लागि आर्थिक चिजको भूमिका पहिलो र महत्वपूर्ण हुनेगर्छ । तर याद गर्नुहोस् मनी माइन्डेट युवति छ भनेपनि तपाईको जीवन सफल नहुन सक्छ । त्यसैले पैसानै सवथोक मान्ने खालको युवती छ भने तपाइँले बिहे अघिनै सावधानी अपनाउदा पछी समस्या आउंदैन । आफ्नो सम्पति जति भएपनि बिहेअघि सम्पति धेरै छ भन्ने देखाउनु पनि राम्रो हुँदैन ।

४. उनीसँग के कुरा गर्दा नजिक हुन सकिन्छ जरुर सोध्नुहोस् । उसका साथीहरु कस्ता-कस्ता छन् ? भन्ने पनि बुझ्न आवश्यक छ । उनका साथीहरु भनेको उनले सिक्ने खुल्ला विद्यालयहरु पनि हो । किनकी उसको बाल्यकाल त्यही बितेको छ ।

५. त्यसपछि एकअर्काको रुचीहरुको बारेमा सोध्नुहोस् । रुची हेर्दा सानो-सानो देखिएपनि मानिसको संस्कार र संस्कृतिसँग जोडिएर आएको हुन्छ । तपाई यसलाई कमजोर सोच्दै नसोच्नुस् । एक अर्काको रुचीहरु मिल्यो भने मात्र जीवन सफल हुन सक्छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!