घरमै यसरी बनाउनुस् अनुहारको तिलकोठी र चाया हटाउने फेसप्याक

Posted on: 09 Mar, 2019

काठमाडौं । अनुहारमा निस्कने चायाले धेरै मानिसलाई सताएको हुन्छ । पुरुषभन्दा पनि महिलाहरू यो समस्याबाट बढी ग्रसित हुन्छन् । यसको सही उपचार गर्न धेरै खर्चसमेत गरिरहेका हुन्छन् । चाया मात्र नभएर अनुहारमा आउने तिलकोठीले सुन्दरतामा पनि असर पुर्‍याउन सक्छ । यस्ता समस्याबाट छुटकारा पाउन ब्युटिसियन कल्पना शाक्यले केही प्याक बनाउने उपाय सुझाएकी छिन् ।

तिलकोठीलाई फेसप्याक

हरियो धनियाँको रसमा कागतीको रस दुईदेखि चार थोपा र बियरको रस तीनदेखि पाँच थोपा मिसाई अनुहारमा लगाउँदा तिलकोठी कम हुन्छ ।

बेसार र दही मिसाई अनुहारमा लगाउने । सो लगाएको २० मिनेटपछि नुहाउँदा अनुहार सफा हुन्छ ।

एक कप दूधमा दुई चम्ची ह्विस्की मिसाई आधा कप हुने गरी पकाउने र त्यो लेपलाई सुत्नुअघि लगाई २० मिनेटपछि पखाल्ने ।

चायालाई फेसप्याक

एक चम्चा काँचो दूध, आधा चम्चा कागतीको रस, आधा चम्चा गोलभेँडाको रस र त्यसमा पाउरोटीको सेतो भाग मिसाएर प्याक बनाई अनुहारमा लगाउने । २० मिनेटपछि पखाल्ने ।

मुगीको दाल ठूलो एक चम्चा, दही सानो एक चम्चा, अन्डाको सेतो भाग र पहेँलो भाग दुई चम्चा, आधा भाग कागतीको रस, आधा चम्चा मह, एक चिम्टी बेसार मिसाई प्याक बनाएर अनुहारमा लगाउने । २० मिनेटपछि पुछ्ने (पखाल्ने) ।

कालो तुलसीको पातमा थोरै मह, तीन–चार थोपा कागतीको रस मिसाएर राति सुत्ने वेलामा फेसप्याकका रूपमा लगाउने । २० मिनेटपछि पखाल्ने । एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!