अनिच्छित गर्भबाट बच्नका लागि यौन सम्पर्कको बेला अपनाउनुस् यी चार तरिका

Posted on: 08 Mar, 2019

टिप्स:- दम्पतीबीच नियमित रुपमा शारीरिक सम्बन्ध हुनुपर्छ । यसले उनीहरुलाई शारीरिक तथा भावनात्मक रुपमा नजिक ल्याउँछ । यदि दम्पतीबीच शारीरिक सम्बन्ध हुँदैन भने उनीहरुमा केही भावनात्मक समस्या देखापर्न सक्छ । भ्रम र अविश्वास पैदा हुनसक्छ । भ्रम र अविश्वासले दाम्पत्य सम्बन्धलाई सधै धरापमा पार्छ ।

यौन सम्बन्ध राख्नुपर्छ, यो प्राकृतिक आवश्यक्ता पनि हो । यौन सम्बन्धका क्रममा केही सावधानी अपनाइयो भने अनिच्छित गर्भ रहनबाट बच्न सकिन्छ ।

१. बडी क्यालेन्डरको सहयोग

यो तरिका धेरै पुरानो हो । यसमा शरीरको थर्मामीटर, क्यालेन्डर र औंलाको सहायताले आफ्नो सर्वाइकल फ्लूइडको जाँच गर्न सकिन्छ । मेन्सुटअल साइकल -महिनावरी चक्र)लाई ध्यानमा राख्नुपर्छ । यदि म्यूकस लचिलो छ भने तपाईंको गर्भ रहन सक्छ । यदि यो चिपचिपा छ भने सम्झनुहोस् कि तपाईंको समय सुरक्षित छ । यो प्रेग्नेन्सी रोक्ने सबैभन्दा सस्तो तरिका हो ।

२. सेक्स गरौं तर पेनिट्रेशन होइन

यदि यौन सम्बन्धका क्रममा तपाईंहरु दुबै पेनिट्रेशन -योनीद्वारमा लिंग प्रवेश गराउने गराउन चाहनुहुन्छ र अनिच्छित गर्भबाट पनि बच्न चाहनुहुन्छ भने कुनै किसिमको गर्भनिरोध प्रयोग गर्नुपर्छ । यदि तपाईं गर्भनिरोध र प्रेग्नेन्सी दुबैबाट बच्न चाहनुहुन्छ भने यौन सम्बन्धको क्रममा हात र मुखको प्रयोग गर्न सक्नुहुन्छ । विश्वास गर्नुहोस् कि हातको उत्तेजना र ओरल सेक्स पनि उत्तिनै सन्तुष्टिदायक हुन्छ । तर, यस क्रममा ध्यान दिनुपर्ने चाहि के भने विर्यलाई योनीको आसपासमा आउन दिनुहुँदैन ।

त्यसो त बिना पेनिट्रेशन यौन सम्बन्ध राख्दा गर्भवती हुने संभावना एकदम कम हुन्छ । तर, ध्यान राख्नुहोस् कि गर्भ रहनका लागि केवल एक स्पर्म नै काफी छ ।

३. गर्भनिरोधकको प्रयोग

अहिले गर्भनिरोधका अनेक उपाय छन् । यस्ता उपाय हुँदाहुँदै असुरक्षित यौन सम्बन्ध बनाउनुको कुनै अर्थ छैन ।

महिलाले गर्भनिरोधक गोली सेवन गर्न सक्छन् । कन्डोम प्रयोग गर्न सकिन्छ । अरु किसिमको विकल्प पनि छन् । यद्यपी कन्डोमबाहेकका विकल्प अपनाउँदा महिलाको शारीरिक स्वास्थ्यमा केही असर गर्छ कि भनेर ध्यान दिनुपर्छ ।

४. ‘हुन्न’ भन्नुपनि एक विकल्प

अक्सर यौनको लागि पुरुष नै अग्रसर हुने गर्छन् । जब पुरुषलाई यौनको इच्छा जाग्छ, तब उनले आफ्नो पार्टनरलाई त्यसका लागि तयार हुन आग्रह गर्छन् । पुरुषकै विर्य स्खलन भएपछि उनीहरुको यौन सम्बन्ध पुरा हुन्छ । यसमा महिलाको उपस्थिती र रुचीलाई त्यती ध्यान दिइदैन । जबकी गर्भ रह्यो भने महिला नै बढी पीडित हुने हो । महिलाले नै बढी मानसिक र शारीरिक समस्या झेल्ने हो । यसकारण पार्टनरले असुरक्षित यौन सम्बन्ध बनाउने इच्छा राख्छ भने महिलाले हुन्न भन्न सक्नुपर्छ । एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!