तपाई कुन तारिखमा जन्मिनु भयो ? कुन तारिखमा जन्मिएका मानिस कस्ता हुन्छन् ? हेर्नुहोस्

Posted on: 07 Mar, 2019

कुनै पनि महिनाको १ तारिखमा जन्मनेहरूको भाग्यशाली नम्बर १ हुन्छ । अंक १ को कारक ग्रह सूर्य हो तसर्थ यस्ता व्यक्तिलाई सूर्यको प्रभाव विशेष रूपमा परेको हुन्छ ।

अंक ज्योतिषका अनुासार १ तारिखमा जन्मने मानिस रचनात्मक, सकारात्मक सोच भएको तथा नेतृत्व क्षमताका धनी हुन्छन् । यस्ता मानिसले जे काम सुरु गरे पनि त्यसलाई पूरा गरेरै छाड्छन्, अन्यथा यिनीहरूलाई शान्ति मिल्दैन । यिनीहरूमा कुनै पनि काम गर्नुअघि पूर्ण योजना बनाउने विशेष गुण हुन्छ । यिनीहरू आफ्नो कामप्रति पूर्ण इमानदार हुन्छन् ।

-यिनीहरूका लागि आइतवार र सोमवार लाभदायी हुन्छ ।

-पहेँलो, सुनौलो तथा खैरो रंग विशेष फलदायी हुन्छ ।

-सुन तथा तामाबाट विशेष लाभ प्राप्त हुन्छ ।

-रत्नमा पुष्पराज, पहेँलो हीरा तथा पहेँला रंगका रत्न तथा जवाहरत विशेष लाभदायक हुन्छन् ।

२ तारिख

२ तारिखमा जन्मनेहरूको शुभ नम्बर २ हुन्छ । यो अंकलाई चन्द्रमाको प्रतीक मानिन्छ । चन्द्रमाले रचनात्मकता एवं कल्पनाशीलताको प्रतिनिधित्व गर्छ तसर्थ यिनै गुण २ अंकवालाहरूमा पनि हुन्छ । चन्द्रमालाई चन्चलताको प्रतीक पनि मानिन्छ, त्यसैले सोहीअनुरूपका गुण यिनीहरूमा पनि हुन्छ । यिनीहरू प्रेम प्रसंगमा पनि निपुण हुन्छन् ।

-यिनीहरूका लागि आइत, सोम तथा शुक्रवार शुभ मानिन्छ ।

-हरिया तथा हलुका हरियो रंग विशेष फलदायी हुन्छ भने सेतो तथा क्रिम कलर पनि लाभप्रद हुन्छ ।

-रातो, बैजनी तथा गाढा रंग शुभ हुँदैन ।

-मोती, चन्द्रमणि तथा हरियो-पहेँलो रत्न यिनीहरूका लागि शुभ मानिन्छ ।

३ तारिख

३ तारिखमा जन्मनेहरूको लक्की नम्बर पनि ३ नै मानिन्छ । अंक ३ वाला व्यक्तिहरू अति महत्वाकांक्षी हुन्छन् । अंक ३ का स्वामी ग्रह बृहस्पति भएकाले यिनीहरूलाई बृहस्पतिको विशेष प्रभाव परेको हुन्छ । यिनीहरू कसैको अधीनमा बसेर काम गर्न रुचाउँदैनन् ।

सदैव उन्नति गर्ने यिनीहरूको लक्ष्य हुन्छ, यिनीहरू एकै स्थानमा अडिएर काम गर्न सक्दैनन् । यिनीहरू खराब परिस्थितिको सामना गर्ने कुरामा सार्‍है कुशल हुन्छन् ।

-मंगल, विहि तथा शुक्रवार शुभ हुन्छ ।

-हरेक महिनाको ६, ९, १५, १८ र २७ तारिख विशेष लाभदायक हुन्छन् ।

-६ र ९ अंकवाला व्यक्तिहरूसँग यिनीहरूको राम्रो मित्रता हुन्छ ।

-यिनीहरूका लागि बैजनी, रातो, गुलाफी तथा नीलो रंग शुभ हुन्छ ।

४ तारिख

४ तारिखमा जन्मनेहरूको मूलांक ४ हुन्छ । यिनीहरू विशेष प्रकारका चरित्र भएका हुन्छन् । यिनीहरूको स्वामी युरेनस -अरुण) मानिन्छ ।

यिनीहरू निकै संवेदनशील हुन्छन् । छिटै रिसाउने खालका हुन्छन् । ससाना कुरामा पनि चित्त दुखाउने स्वभाव हुन्छ । यही स्वभावका कारण यिनीहरूको धेरै साथी हुँदैनन् । यिनीहरू अधिकांश समय एक्लोपन महसुस गर्छन् । यिनीहरू कसैको दुःख देख्न सक्दैनन् ।

-यिनीहरूका लागि आइत, सोम तथा शनिवार शुभ मानिन्छ ।

-१, २, ७, १०, ११, १६, १८, २०, २५, २८ र २९ तारिख शुभ हुन्छ ।

-नीलो तथा खैरो रंग शुभ मानिन्छ ।

५ तारिख

५ तारिखमा जन्मनेहरूको मूलांक पनि ५ हुन्छ । यिनीहरूको स्वामी ग्रह बुध माानिन्छ । बुधलाई बुद्धि एवं विवेकको प्रतीक मानिन्छ । त्यसैअनुरूप ५ मूलांकवाला व्यक्तिहरू पनि निकै बुद्धिमान् एवं तुरुन्त निर्णय लिनसक्ने स्वभावका हुन्छन् ।

यिनीहरू स्टाइलिस हुन्छन् । यिनीहरू सबैसँग छिटो मित्रता गास्न सक्ने स्वभावका हुन्छन् । साथीका लागि यिनीहरू जति उदार एवं शुभचिन्तक हुन्छन् त्यति नै शत्रुका लागि निर्मम एवं कठोर हुन्छन् ।

-यिनीहरूका लागि बुधवार एवं शुक्रवार शुभ मानिन्छ ।

-हल्का खैरो, सेतो एवं चम्किलो रंग शुभ हुन्छ ।

-५, १४ र २३ तारिख भाग्यशाली हुन्छ ।

-गाढा रंगको कपडा हानिकारक मानिन्छ 

६ तारिख

६ तारिखमा जन्मनेहरूको शुभ अंक ६ मानिन्छ । ६ तारिखमा जन्म लिनेहरूका स्वामी शुक्र ग्रह हुन् । यिनीहरू ग्ल्यामरस एवं उच्च किसिमको जीवनशैली व्यतीत गर्ने खालका हुन्छन् । यिनीहरूप्रति जो पनि सजिलै आकषिर्त हुन्छन् । यिनीहरूका साथी धेरै हुन्छन् । एकभन्दा बढी प्रेमसम्बन्ध हुन्छ ।

यिनीहरू कुनै पनि काम विस्तृत योजना बनाएर गर्छन्, फलस्वरूप यिनीहरू सहजै सफलता प्राप्त गर्छन् । यिनीहरू केही जिद्दी स्वभावका हुन्छन् । कुनै पनि काम सुरु गरेपछि त्यसलाई पूरा नगरी छाड्दैनन् ।

-मंगल, विहि तथा शुक्रबार शुभ हुन्छ ।

-३, ६,९, १२, १५, १८, २१, २४, २७ र ३० तारिख भाग्यशाली हुन्छ ।

-बैजनी तथा कालो रंग अशुभ हुन्छ भने रातो तथा गुलाबी रंग शुभ हुन्छ ।

-३, ६, ९ अंकवाला व्यक्तिहरूसँग राम्रो सम्बन्ध रहन्छ ।

-यिनीहरूको प्रतिस्पर्धा ५ अंकवालाहरूसँग हुन्छ तर सदैव पछाडि नै रहन्छन् ।

७ तारिख

७ तारिखमा जन्मनेहरूको मूलांक ७ हुन्छ । यो अंकको स्वामी वरुण देव अर्थात् जलदेवता हुन् । जलको सम्बन्ध चन्द्रमासँग हुन्छ तसर्थ ७ मूलांक हुनेहरूमाथि चन्द्रमाको प्रभाव पर्छ ।

यिनीहरू आकर्षक व्यक्तित्वका धनी तथा स्वतन्त्रताप्रेमी हुन्छन् । यिनीहरू जोकसैलाई सजिलै प्रभावित तुल्याउनसक्ने गुणले युक्त हुन्छन् । यिनीहरूको मन चन्चल हुन्छ । हँसीमजाक गर्न रुचाउने स्वभाव हुन्छ तसर्थ साथीभाइ एवं इष्टमित्रका अगाडि अरूलाई मनोरन्जन दिन कुशल व्यक्तिका रूपमा छबि बनाएका हुन्छन् ।

-आइत तथा सोमवार शुभ हुन्छ ।

-१,२, ४, ७, १०, ११, १३, १६, १९, २०, २२, २५, २८, २९ र ३१ तानरिख शुभ हुन्छ ।

-हरियो, पहेँलो, सेतो तथा हलुका रंग शुभ हुन्छ ।

-गाढा रंगको प्रयोग अशुभ हुन्छ ।

८ तारिख

८ तारिखमा जन्मनेहरूको मूलांक ८ हुन्छ । यिनीहरू रहस्यमयी स्वभाव भएका हुन्छन् । यिनीहरूलाई बुझ्न निकै कठिन हुन्छ । यिनीहरू हरेक कुरालाई निकै गहिराइपूर्वक सोचेर बोल्छन् । स्पष्टवादी हुन्छन् । यिनीहरू जीवनमा अनेकौं कष्टको सामना गर्नुपर्ने हुन्छ । यिनीहरूको मनोबल एवं आध्यात्मिक शक्ति अरूको भन्दा निकै बढी हुन्छ । यिनीहरू ईश्वरप्रति विश्वास राख्ने अर्थात् आस्तिक हुन्छन् ।

– यिनीहरूका लागि शनिवार, सोमवार तथा विहीवार शुभ फलदायी हुन्छ ।

-८, १७ र २६ तारिख शुभ हुन्छ ।

-गाढा खरानी रंगका साथै नीलो, कालो र बैजनी रंग शुभ हुन्छ ।

-नीलम तथा मोती धारण गर्नु शुभ हुन्छ ।

९ तारिख

९ तारिखमा जन्म लिनेहरूको मूलांक ९ हुन्छ । यिनीहरूका स्वामी मंगल ग्रह हुन्छ । फलस्वरूप यिनीहरूको रिस चर्को हुन्छ । यिनीहरू हतारमा निर्णय लिन्छन् र फुसंदमा पछुताउँछन् ।

यिनीहरू आफैंद्वारा प्रेरित भएर काम गर्छन् । रिसका कारण समाजमा थुप्रै शत्रु बनाउँछन् । यिनीहरू अरूमाथि नियन्त्रण गर्न रुचाउँछन् । त्यसो हुन सकेन भने हात हालेको कामबाट पछि हटिदिन्छन् ।

-शुक्र, विहि र मंगलवार शुभ हुन्छ ।

-३,६, ९, १२, १५, १८, २१, २४, २७ र ३० तारिख शुभ हुन्३,६, ९, १२, १५, १८, २१, २४, २७ र ३० तारिख शुभ हुन्छ ।

-रिसलाई नियन्त्रणमा राख्न सके ठूलै उपलब्धि हासिल गर्न सक्छन् ।

-रुबी धारण गर्नु शुभ मानिन्छ तर यसका लागि ज्योतिषीय परामर्श आवश्यक छ ।

१० तारिख

१० तारिखमा जन्मनेको मूलांक १ हुन्छ । यिनीहरू रचनात्मक एवं खोजकर्ता हुन्छन् । यिनीहरूलाई स्वामी सूर्यका कारण समाजमा पूर्ण मानसम्मान प्राप्त हुन्छ । यिनीहरू सफलताका मार्गमा आइलाग्ने हरेक किसिमका बाधालाई पार गर्ने क्षमता राख्छन् । यिनीहरू अति महत्वाकांक्षी हुन्छन् । जुनसुकै क्षेत्रमा काम गरे पनि सफलताको शिखर चुम्छन् । यिनीहरू प्रशंसा एवं मानसम्मानको भोका हुन्छन् ।

-विहिवार एवं सोमवार लाभदायी हुन्छन् ।

-पहेँलो, सुनौलो तथा खरानी रंग शुभ हुन्छ ।

-तामा अथवा सुन धारण गर्नु फाइदाजनक हुन्छ ।

-पुष्पराज तथा अन्य पहेँला रंगका रत्न पनि फलदायी हुन्छन् ।

११ तारिख

यिनीहरूको मूलांक २ हुन्छ । यिनीहरूमा प्रचुर कल्पनाशसक्ति एवं रचनात्मक क्षमता हुन्छ । स्वामी चन्द्रका कारण यिनीहरू हरेक कामलाई सहज एवं आकर्षक तरिकाले गर्नसक्छन् । हरेक समय केही नयाँ गर्ने लालसा हुन्छ । रोमान्टिक स्वभावका हुन्छन् भने विपरीतलिंगीप्रति अति नै आकषिर्त हुन्छन् । अरू मानिस पनि यिनीहरूको व्यक्तित्व एवं कार्यकुशलताप्रति मोहित हुन्छन् । यिनीहरू शारीरिक रूपले त्यति बलिया हुँदैनन्, सामान्य कदकाठीका हुन्छन् ।

-आइत, सोम तथा शुक्रवार शुभ हुन्छ ।

-हरियो रंग अत्यन्त लाभप्रद हुन्छ भने क्रिम तथा सेतो रंग पनि शुभ हुन्छन् ।

-यिनका लागि रातो, बैजनी तथा गाढा रंग शुभ हुँदैनन् ।

-मोती, चन्द्रमणि वा जुनसुकै पहेँला रत्न धारण गर्नु शुभ हुन्छ ।

१२ तारिख

मूलांक ३ हुन्छ । यिनीहरू निकै भावुकतथा अनुशासनपि्रय हुन्छन् । यिनीहरू सदैव निरन्तर प्रगति गर्ने मानसिकताका साथ अघि बढ्छन् । बृहस्पति स्वामी ग्रह भएकाले यिनीहरू हरपल आफू पनि खुसी रहेर अरूलाई पनि खुसी राख्न चाहन्छन् । मनमौजी स्वभाव हुन्छ । आफूभन्दा ठूलाको आदेश पालना गर्छन् र अरूले पनि त्यसैगरी आप\mनो आदेश पालन गरून् भन्ने चाहन्छन् ।

-मंगल, विहि तथा शुक्रवार शुभ हुन्छ ।

-६, ९, १५, १८ र २७ तारिख विशेष लाभदायी हुन्छन् ।

-६ र ९ अंकवालाहरूसँग प्रगाढ मित्रता हुन्छ ।

-बैजनी, रातो, गुलाबी तथा नीलो रंग शुभ हुन्छ ।

१३ तारिख

१३ तारिखमा जन्मनेहरूको मूलांक ४ तथा स्वामी ग्रह युरेनस हो । यिनीहरू कुनै एक विषयमाथि पनि फरक-फरक दृष्टिकोण राख्छन् । बेकारका तर्कवितर्क गरेको मन पराउँदैनन् । यिनीहरू प्रतियोगितामा अब्बल हुन्छन् ।

यिनीहरूसँग मित्रता निर्वाह गर्न कठिन हुन्छ तथापि यिनीहरू सार्‍है असल मित्र हुन्छन् । यिनीहरू दायाँबायाँ केही पनि विचार नगरी शुभचिन्तक एवं साथीसहयोगीको काम गर्न अग्रसर हुन्छन् ।

यिनीहरू सामान्यतः विरोधी दृष्टिकोणवाला हुन्छन् । कसैको कुराबाट सजिलै सन्तुष्ट हुँदैनन् । भेट्नेहरूले रुखो स्वभाव तथा रिसाहा ठाने पनि यिनीहरूको मन भने सफा हुन्छ । यिनीहरूका शत्रु धेरै हुन्छन् तसर्थ सदैव चनाखो रहनु जाती हुन्छ ।

-आइत, सोम तथा शनिवार शुभ हुन्छ ।

-१, २, ७, १०, ११, १६, १८, २०, २५, २८ र २९ तारिख शुभ हुन्छ ।

-नीलो र खैरो रंग शुभ हुन्छ ।

१४ तारिख

मूलांक ५ हुन्छ भने स्वामी बुध हुन्छन् । यिनीहरूको जीवन वैभवशाली हुन्छ । स्टाइलिस हुन्छन्, राजसी ठाँटबाँटले बस्न रुचाउँछन् । यिनीहरू अरूसँग सजिलै मित्रता गाँस्न सक्छन् भने त्यसलाई कुशलतापूर्वक निर्वाह पनि गर्छन् । साथीहरूका लागि उदार भए पनि शत्रुका लागि यिनीहरू निर्मम हुन्छन् ।

-बुधवार र शुक्रवार शुभ हुन्छ ।

-हल्का खैरो, सेतो एवं चम्किला रंग शुभ हुन्छ ।

-५, १४ र २३ तारिख भाग्यशाली हुन्छ ।

-गाढा रंगको कपडा हानिकारक मानिन्छ ।

१५ तारिख

१५ तारिखमा जन्मनेहरू सबैसँग विशेष स्नेह राख्छन् । यिनीहरूको अधीनमा काम गर्नेहरूले पनि यिनीहरूलाई रुचाउँछन् अनि सम्मान गर्छन् । यिनीहरूको मूलांक ६ हो भने स्वामी शुक्र ग्रह हो । यिनीहरूको प्रेम प्रसंग धेरै हुन्छ । जीवनसाथीप्रति बढी झुकाव राख्छन् भने आमाबाबुलाई पनि उत्तिकै श्रद्धा एवं सम्मान दिन्छन् ।

आफ्नो इच्छा पूरा गर्ने पूर्ण प्रयत्न गर्छन् । यिनीहरू एक नम्बरका प्रेमी हुन्छन् । प्रेमी वा प्रेमिकाका ससाना चाहना पूरा गर्न पनि सदैव तयार रहन्छन् 

-मंगल, विहि तथा शुक्रबार शुभ हुन्छ ।

-३, ६,९, १२, १५, १८, २१, २४, २७ र ३० तारिख भाग्यशाली हुन्छ ।

-बैजनी तथा कालो रंग अशुभ हुन्छ भने रातो तथा गुलाबी रंग शुभ हुन्छ ।

-३, ६, ९ अंकवाला व्यक्तिहरूसँग राम्रो सम्बन्ध रहन्छ ।

-यिनीहरूको प्रतिस्पर्धा ५ अंकवालाहरूसँग हुन्छ तर सदैव पछाडि नै रहन्छन् ।

१६ तारिख

यो दिन जन्म लिनेहरू चन्द्रमाबाट प्रभावित हुन्छन् । मूलांक ७ हुन्छ । स्वभाव चन्चल हुन्छ । लेखक, चित्रकार, कवि हुन्छन् अर्थात् रचनात्मक एवं सिर्जनशील काममा यिनीहरूको विशेष दख्खल हुन्छ । यिनीहरू हरेक कामलाई नयाँ तरिकाले गर्न रुचाउँछन् ।

-आइत तथा सोमवार शुभ हुन्छ ।

-१,२, ४, ७, १०, ११, १३, १६, १९, २०, २२, २५, २८, २९ र ३१ तानरिख शुभ हुन्छ ।

-हरियो, पहेँलो, सेतो तथा हलुका रंग शुभ हुन्छ ।

-गाढा रंगको प्रयोग अशुभ हुन्छ ।

१७ तारिख

यो दिन जन्मनेको मूलांक ८ हुन्छ भने अंकका स्वामी ग्रह शनि हो । यिनीहरू रहस्यमयी, रोबदार तथा अन्य अंकवालाहरूभन्दा निकै फरक स्वभावका हुन्छन् । यिनीहरू अरूका लागि भाग्यशाली हुन्छन् । जिद्दी स्वभाव हुन्छ । यसैकारण कहिलेकाहीँ एक्लो हुनुपर्ने पनि हुन्छ ।

जीवनमा कठिनाइको सामना गरिरहनुपर्ने हुन्छ । यिनीहरू गम्भीर तर स्पष्टवादी हुन्छन्, सोचेर मात्र बोल्छन् ।

– यिनीहरूका लागि शनिवार, सोमवार तथा विहीवार शुभ फलदायी हुन्छ ।

-८, १७ र २६ तारिख शुभ हुन्छ ।

-गाढा खरानी रंगका साथै नीलो, कालो र बैजनी रंग शुभ हुन्छ ।

-नीलम तथा मोती धारण गर्नु शुभ हुन्छ ।

१८ तारिख

मूलांक ९ तथा अंकको कारक ग्रह मंगल हो । यिनीहरूको जीवन संघर्षले भरिएको हुन्छ । सानो सफलताका लागिसमेत ठूलो मेहेनत गर्नुपर्ने हुन्छ । यिनीहरू उत्कृष्ट संगठनकर्ता हुन्छन् । अरूमाथि प्रभाव जमाउनु यिनीहरूको सोख हुन्छ । यिनीहरूको रिस कडा हुन्छ । यिनीहरू छिटो निर्णय लिन्छन् त्यसैले कहिलेकाहीँ त्यसको दुःखद परिणामसमेत झेल्नुपर्ने हुन्छ ।

-शुक्र, विहि र मंगलवार शुभ हुन्छ ।

-३,६, ९, १२, १५, १८, २१, २४, २७ र ३० तारिख शुभ हुन्३,६, ९, १२, १५, १८, २१, २४, २७ र ३० तारिख शुभ हुन्छ ।

-रिसलाई नियन्त्रणमा राख्न सके ठूलै उपलब्धि हासिल गर्न सक्छन् ।

-रुबी धारण गर्नु शुभ मानिन्छ तर यसका लागि ज्योतिषीय परामर्श आवश्यक छ ।

१९ तारिख

कुनै पनि महिनाको १९ तारिखमा जन्मनेहरूको लक्की नम्बर १ हुन्छ । स्वामी ग्रह सूर्य हो तसर्थ यस्ता व्यक्तिलाई सूर्यको विशेष प्रभाव परेको हुन्छ ।

यिनीहरू रचनात्मक, सकारात्मक सोच भएको तथा नेतृत्व क्षमताका धनी हुन्छन् । यस्ता मानिसले जे काम सुरु गरे पनि त्यसलाई पूरा गरेरै छाड्छन्, अन्यथा यिनीहरूलाई शान्ति मिल्दैन । यिनीहरूमा कुनै पनि काम गर्नुअघि पूर्ण योजना बनाउने विशेष गुण हुन्छ । यिनीहरू आप\mनो कामप्रति पूर्ण इमानदार हुन्छन् ।

-यिनीहरूका लागि आइतवार र सोमवार लाभदायी हुन्छ ।

-पहेँलो, सुनौलो तथा खैरो रंग विशेष फलदायी हुन्छ ।

-सुन तथा तामाबाट विशेष लाभ प्राप्त हुन्छ ।

-रत्नमा पुष्पराज, पहेँलो हीरा तथा पहेँला रंगका रत्न तथा जवाहरत विशेष लाभदायक हुन्छन् ।

२० तारिख

२० तारिखमा जन्मनेहरूको लक्की नम्बर २ हुन्छ । यो अंकलाई चन्द्रमाको प्रतीक मानिन्छ । चन्द्रमाले रचनात्मकता एवं कल्पनाशीलताको प्रतिनिधित्व गर्छ तसर्थ यिनै गुण यिनीहरूमा पनि हुन्छ । यिनीहरू चन्चल एवं अस्थिर हुन्छन् । यिनीहरूको जीवन एकनासे हुँदैन । यिनीहरूका साथी धेरै हुन्छन् ।

-यिनीहरूका लागि आइत, सोम तथा शुक्रवार शुभ मानिन्छ । विपरीत परिस्थितिमा सार्‍है छिटो दुःखी हुन्छन् र कतिपय अवस्थामा हिम्मत हार्छन् । यिनीहरूको आत्मविश्वासमा कमी समेत देखा पर्छ ।

-हरियो तथा हलुका हरियो रंग विशेष फलदायी हुन्छ भने सेतो तथा क्रिम कलर पनि लाभप्रद हुन्छ ।

-रातो, बैजनी तथा गाढा रंग शुभ हुँदैन ।

-मोती, चन्द्रमणि तथा हरियो-पहेँलो रत्न यिनीहरूका लागि शुभ मानिन्छ ।

२१ तारिख

२१ तारिखमा जन्मनेहरूको लक्की नम्बर पनि ३ नै मानिन्छ । यिनीहरू अति महत्वाकांक्षी हुन्छन् । अंक ३ का स्वामी ग्रह बृहस्पति भएकाले यिनीहरूलाई बृहस्पतिको विशेष प्रभाव परेको हुन्छ । यिनीहरू कसैको अधीनमा बसेर काम गर्न रुचाउँदैनन् । अरूले दबाब दिन खोजे रिसाउँछन् ।

सदैव उन्नति गर्ने यिनीहरूको लक्ष्य हुन्छ, यिनीहरू एकै स्थानमा अडिएर काम गर्न सक्दैनन् । यिनीहरू खराब परिस्थितिको सामना गर्ने कुरामा सार्‍है कुशल हुन्छन् ।

-मंगल, विही तथा शुक्रवार शुभ हुन्छ ।

-हरेक महिनाको ६, ९, १५, १८ र २७ तारिख विशेष लाभदायक हुन्छन् ।

-६ र ९ अंकवाला व्यक्तिहरूसँग यिनीहरूको राम्रो मित्रता हुन्छ ।

-यिनीहरूका लागि बैजनी, रातो, गुलाफी तथा नीलो रंग शुभ हुन्छ ।

२२ तारिख

२२ तारिखमा जन्मनेहरूको मूलांक ४ हुन्छ । यिनीहरू विशेष प्रकारका चरित्र भएका हुन्छन् । यिनीहरू निकै संवेदनशील हुन्छन् । ससाना कुरामा पनि चित्त दुखाउने स्वभाव हुन्छ । यही स्वभावका कारण यिनीहरूको धेरै साथी हुँदैनन् । यिनीहरू अधिकांश समय एक्लोपन महसुस गर्छन् । यिनीहरू कसैको दुःख देख्न सक्दैनन् । यिनीहरूलाई गुप्त शत्रुले सताइरहन्छन् । यिनीहरू परम्परा एवं अन्धविश्वासप्रति विश्वास गर्दैनन् ।

-यिनीहरूका लागि आइत, सोम तथा शनिवार शुभ मानिन्छ ।

-१,२, ७, १०, ११, १६, १८, २०, २५, २८ र २९ तारिख फलदायी हुन्छ ।

-नीलो तथा खैरो रंग शुभ हुन्छ ।

२३ तारिख

२३ तारिखमा जन्मनेहरूको मूलांक ५ हुन्छ भने स्वामी ग्रह बुध हुन्छ । बुधलाई बुद्धि एवं विवेकको प्रतीक मानिन्छ । बुध लाई ग्रहहरूमा राजकुमार मानिन्छ । त्यसैअनुरूप ५ मूलांकवाला व्यक्तिहरू पनि निकै बुद्धिमान् एवं तुरुन्त निर्णय लिनसक्ने तथा राजसी स्वभावका हुन्छन् । यिनीहरू उत्तेजक कार्य गर्नमा विश्वास गर्छन् । पैसाप्रति बढी झुकाव राख्छन् । पैसा कमाउने नयाँ नयाँ उपायहरू खोजिरहन्छन् । स्टाइलिस पहिरनमा खर्च गर्न कत्ति पनि पछि हट्दैनन् ।

यिनीहरू सबैसँग छिटो मित्रता गाँस्ने स्वभावका हुन्छन् । साथीका लागि यिनीहरू जति उदार एवं शुभचिन्तक हुन्छन् शत्रुका लागि उत्ति नै निर्दयी हुन्छन् ।

-यिनीहरूका लागि बुधवार एवं शुक्रवार शुभ मानिन्छ ।

-हल्का खैरो, सेतो एवं चम्किलो रंग शुभ हुन्छ ।

-५, १४ र २३ तारिख भाग्यशाली हुन्छ ।

-गाढा रंगको कपडा हानिकारक मानिन्छ ।

२४ तारिख

२४ तारिखमा जन्मनेहरूको शुभ अंक ६ मानिन्छ । यिनीहरूका स्वामी शुक्र ग्रह हुन् । तसर्थ यिनीहरू ग्ल्यामरस एवं उच्च किसिमको जीवनशैली व्यतीत गर्ने खालका हुन्छन् । यिनीहरूप्रति जो पनि सजिलै आकषिर्त हुन्छन् । यिनीहरूका साथी धेरै हुन्छन् । एकभन्दा बढी प्रेमसम्बन्ध हुन्छ ।

यिनीहरू कुनै पनि काम विस्तृत योजना बनाएर गर्छन्, फलस्वरूप सजिलै सफल पनि हुन्छन् । यिनीहरू जिद्दी स्वभावका हुन्छन् । कुनै पनि काम सुरु गरेपछि त्यसलाई पूरा नगरी छाड्दैनन् अर्थात् यिनीहरूको इरादा पक्का हुन्छ ।

-मंगल, विहि तथा शुक्रबार शुभ हुन्छ ।

-३, ६,९, १२, १५, १८, २१, २४, २७ र ३० तारिख भाग्यशाली हुन्छ ।

-बैजनी तथा कालो रंग अशुभ हुन्छ भने रातो तथा गुलाबी रंग शुभ हुन्छ ।

-३, ६, ९ अंकवाला व्यक्तिहरूसँग राम्रो सम्बन्ध रहन्छ ।

-यिनीहरूको प्रतिस्पर्धा ५ अंकवालाहरूसँग हुन्छ तर सदैव पछाडि नै रहन्छन् ।

२५ तारिख

२५ तारिखमा जन्मनेहरूको मूलांक ७ हुन्छ । यो अंकको स्वामी वरुण देव अर्थात् जलदेवता हुन् । जलको सम्बन्ध चन्द्रमासँग हुने भएकाले यिनीहरूमाथि चन्द्रमाको प्रभाव पर्छ । यिनीहरू पढन्दास हुन्छन् । यिनीहरू समाजका विभिन्न जानकारी जुटाइन मन पराउने स्वभावका हुन्छन् ।

यिनीहरू आकर्षक व्यक्तित्वका धनी तथा स्वतन्त्रताप्रेमी हुन्छन् । यिनीहरू जोकसैलाई सजिलै प्रभावित तुल्याउनसक्ने गुणले युक्त हुन्छन् । यिनीहरूको मन चन्चल हुन्छ । हँसीमजाक गर्न रुचाउने स्वभाव हुन्छ तसर्थ साथीभाइ एवं इष्टमित्रका अगाडि अरूलाई मनोरन्जन दिन कुशल व्यक्तिका रूपमा छबि बनाएका हुन्छन् ।

-आइत तथा सोमवार शुभ हुन्छ ।

-१,२, ४, ७, १०, ११, १३, १६, १९, २०, २२, २५, २८, २९ र ३१ तानरिख शुभ हुन्छ ।

-हरियो, पहेँलो, सेतो तथा हलुका रंग शुभ हुन्छ ।

-गाढा रंगको प्रयोग अशुभ हुन्छ ।

२६ तारिख

२६ तारिखमा जन्मनेहरूको मूलांक ८ हुन्छ । स्वामी शनि भएकाले यिनीहरू रहस्यमयी स्वभावका हुन्छन् । यिनीहरूलाई बुझ्न निकै कठिन हुन्छ । यिनीहरू हरेक कुरालाई निकै गहिराइपूर्वक सोचेर बोल्छन् । स्पष्टवादी हुन्छन् । यिनीहरू जीवनमा अनेकौं कष्टको सामना गर्नुपर्ने हुन्छ । यिनीहरूको मनोबल एवं आध्यात्मिक शक्ति अरूको भन्दा निकै बढी हुन्छ । यिनीहरू ईश्वरप्रति विश्वास राख्ने अर्थात् आस्तिक हुन्छन् । आफूले जिम्मा पाएको काम जसरी पनि पूरा गर्छन् ।

– यिनीहरूका लागि शनिवार, सोमवार तथा आइतवार शुभ फलदायी हुन्छ ।

-८, १७ र २६ तारिख शुभ हुन्छ ।

-गाढा खरानी रंगका साथै नीलो, कालो र बैजनी रंग शुभ हुन्छ ।

-नीलम तथा मोती धारण गर्नु शुभ हुन्छ ।

२७ तारिख

२७ तारिखमा जन्म लिनेहरूको मूलांक ९ हुन्छ । स्वामी ग्रह मंगल हुन्छ । यिनीहरूको रिस चर्को हुन्छ । यिनीहरू हतारमा निर्णय लिन्छन् र फुर्सदमा पछुताउँछन् । यद्यपि यिनीहरू निकै परिश्रमी एवं साहसी हुन्छन् ।

यिनीहरू आफैंद्वारा प्रेरित भएर इमान्दारीपूर्वक काम गर्छन् । रिसका कारण समाजमा थुप्रै शत्रु बनाउँछन् । यिनीहरू अरूमाथि नियन्त्रण गर्न रुचाउँछन् । त्यसो हुन सकेन भने हात हालेको कामबाट पछि हटिदिन्छन् ।

-शुक्र, विहि र मंगलवार शुभ हुन्छ ।

-३,६, ९, १२, १५, १८, २१, २४, २७ र ३० तारिख शुभ हुन्३,६, ९, १२, १५, १८, २१, २४, २७ र ३० तारिख शुभ हुन्छ ।

-रिसलाई नियन्त्रणमा राख्न सके ठूलै उपलब्धि हासिल गर्न सक्छन् ।

-रुबी धारण गर्नु शुभ मानिन्छ तर यसका लागि ज्योतिषीय परामर्श आवश्यक छ ।

२८ तारिख

अंक ज्योतिषका अनुासार २८ तारिखमा जन्मने मानिसको ग्रह स्वामी सूर्य हुन् भने मूलांक १ हो । यिनीहरू प्रभावशाली व्यक्तित्वका धनी हुन्छन् । यिनमा रचनात्मक, सकारात्मक सोच तथा नेतृत्व क्षमता हुन्छ । जे काम सुरु गरे पनि त्यसलाई पूरा गरेरै छाड्छन् । यिनीहरूमा कुनै पनि काम गर्नुअघि पूर्ण योजना बनाउने विशेष गुण हुन्छ । यिनीहरू अति महत्वाकांक्षी हुन्छन् । यिनीहरूका अधीनमा काम गर्ने मानिस पूर्ण रूपले यिनीहरूप्रति निर्भर रहन्छन् । यिनीहरूले सहयोग नगरी यिनका साथीले कुनै पनि काम पूरा गर्न गार्‍हो पर्छ ।

-आइतवार र सोमवार लाभदायी हुन्छ ।

-पहेँलो, सुनौलो तथा खैरो रंग शुभ हुन्छ ।

-सुन तथा तामाबाट विशेष लाभ प्राप्त हुन्छ ।

-पुष्पराज, पहेँलो हीरा तथा पहेँला रंगका रत्न तथा जवाहरत विशेष लाभदायक हुन्छन् ।

२९ तारिख

२९ तारिखमा जन्मनेहरूको मूलांक २ हुन्छ । यो अंकलाई चन्द्रमाको प्रतीक मानिन्छ । तसर्थ यिनीहरूमा रचनात्मकता एवं कल्पनाशीलताको प्राचुर्य हुन्छ । चन्द्रमालाई चन्चलताको प्रतीक पनि मानिन्छ, त्यसैले सोहीअनुरूपका गुण यिनीहरूमा पनि हुन्छ । यिनीहरू प्रेम प्रसंगमा पनि निपुण हुन्छन् । यिनीहरू चन्द्रको प्रभावले गर्दा सूर्यसँग सम्बन्धित अंकवालाहरूसँग विशेष तालमेल बनाएर अघि बढ्न सफल हुन्छन् । कल्पना शक्ति बेजोड हुन्छ । यिनीहरूको शरीरको अपेक्षा मस्तिष्क शक्तिशाली हुन्छ ।

-यिनीहरूका लागि आइत, सोम तथा शुक्रवार शुभ मानिन्छ ।

-हरिया तथा हलुका हरियो रंग विशेष फलदायी हुन्छ भने सेतो तथा क्रिम कलर पनि लाभप्रद हुन्छ ।

-रातो, बैजनी तथा गाढा रंग शुभ हुँदैन ।

-मोती, चन्द्रमणि तथा हरियो-पहेँलो रत्न यिनीहरूका लागि शुभ मानिन्छ ।

३० तारिख

३० तारिखमा जन्मनेहरूको मूलांक ३ हुन्छ । यिनीहरू अति महत्वाकांक्षी हुन्छन् । यिनीहरूमा स्वामी ग्रह बृहस्पतिको विशेष प्रभाव परेको हुन्छ । यिनीहरूलाई भाग्यको पूरा साथ मिल्छ ।

सदैव उन्नति गर्ने यिनीहरूको लक्ष्य हुन्छ । यिनीहरू खराब परिस्थितिको सामना गर्ने कुरामा सार्‍है कुशल हुन्छन् । यद्यपि कहिलेकाहीँ यिनीहरू तानाशाही व्यवहार दर्शाउँछन् । यसबाट विरोधीको संख्या वृद्धि हुन्छ । यिनीहरूको स्वभाव स्थिर हुँदैन ।

-मंगल, विही तथा शुक्रवार शुभ हुन्छ ।

-हरेक महिनाको ६, ९, १५, १८ र २७ तारिख विशेष लाभदायक हुन्छन् ।

-६ र ९ अंकवाला व्यक्तिहरूसँग यिनीहरूको राम्रो मित्रता हुन्छ ।

-यिनीहरूका लागि बैजनी, रातो, गुलाफी तथा नीलो रंग शुभ हुन्छ ।

३१ तारिख

३१ तारिखमा जन्मनेहरूको मूलांक ४ हुन्छ । यिनीहरू विशेष प्रकारका चरित्र भएका हुन्छन् । यिनीहरूको स्वामी युरेनस हो । यिनीहरू निकै संवेदनशील हुन्छन् । छिटै रिसाउने खालका हुन्छन् । ससाना कुरामा पनि चित्त दुखाउने स्वभाव हुन्छ । यही स्वभावका कारण यिनीहरूको धेरै साथी हुँदैनन् । यिनीहरू अधिकांश समय एक्लोपन महसुस गर्छन् । यिनीहरू कसैको दुःख देख्न सक्दैनन् ।

यिनीहरू गुप्त शत्रुबाट पीडित हुन्छन् । यिनीहरू तर्क वितर्क गर्ने स्वभावका हुने भएकाले शत्रुको संख्या नजानिँदो तरिकाले वृद्धि भइरहेको हुन्छ । यिनीहरू झट्ट हेर्दा झगडालु देखिए पनि त्यस्ता हुँदैनन् ।

-यिनीहरूका लागि आइत, सोम तथा शनिवार शुभ मानिन्छ ।

-१,२, ७, १०, ११, १६, १८, २०, २५, २८ र २९ तारिख शुभ हुन्छ ।

-नीलो तथा खैरो रंग शुभ मानिन्छ । एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!