दुब्लोपनका कारण चिन्तित हुनुहुन्छ ? यी खानामा ध्यान दिनुस्

Posted on: 04 Mar, 2019

फागुन २०, काठमाडौं | मोटोपन अधिकांशका लागि समस्या होला ! तर, कतिपय मानिस दुब्लोपनका कारण चिन्तित हुन सक्छन् । तौल बढाउन सजिलो मानिए पनि केही मानिस भने आवश्यक तौलसमेत नभएका कारण चिन्तित छन् । यस्तो समस्याबाट छुटकारा पाउन निम्न खानेकुराको सेवन गर्न आवश्यक छ ।

काजु/बदाम

काजु र बदाममा प्रशस्त मात्रामा प्रोटिन, खनिज तत्व र फाइबर पाइने भएकाले यसले तौल बढाउन मद्दत गर्छ । साथै, काजुमा हाम्रो शरीरका लागि अत्यावश्यक म्याग्नेसियम र क्यालसियम पनि पाइने भएकाले यसले हड्डीलाई मजबुत बनाउनुका साथै मांसपेशी स्वस्थ राख्न सहयोग गर्छ । यसमा प्राकृतिक एन्टिअक्सिडेन्टसमेत हुने हुँदा ट्युमर र क्यान्सरजस्ता रोग लाग्नबाट बचाउँछ । त्यस्तै, नियमित बदाम खाएमा पाचन शक्ति बढ्ने भएकाले अन्य खानेकुरा सजिलै पच्न मद्दत पुग्छ ।  

गहुँको रोटी

नियमित गहुँको रोटी सेवन गर्दा तौल बढाउन सकिन्छ । गहुँमा अत्यधिक प्रोटिन, फ्याट र भिटामिन बी पाइन्छ । साथै, यसमा क्यालोरी पनि बढी हुने भएकाले तौल बढाउन उपयोगी हुन्छ ।

मौसमी फलफूल

मौसमी फलफूल नियमित खाने गरेमा तौल कम भएको समस्या हल हुन मद्दत गर्छ । अझ त्यस्ता फलफूलको रस पिउनु झन् उपयोगी हुन्छ ।

प्रोटिनयुक्तपदार्थ

माछा, मासु, अन्डा, दूध आदिजस्ता अत्यधिक प्रोटिन पाइने खानेकुरा नियमित खाएर तौल बढाउन सकिन्छ ।  

क्यालोरीयुक्त खाना

बिहानको समयमा सकेसम्म धेरै क्यालोरीयुक्त खाना खाँदा तौल बढ्न मद्दत पुग्छ । साथै, सधैँ समयमा खाना खाने गर्नाले पनि तौलमा सन्तुलन आउँछ । अझ शारीरिक परिश्रम धेरै गर्ने मानिसलाई बढी क्यालोरीयुक्त खाना आवश्यक हुन्छ । 

अन्डा

यदि, तपाईंको दुब्लोपनबाहेक अन्य स्वास्थ्य समस्या छैन भने दिनमा ३–४ वटा अन्डा खाएर तौल बढाउन सक्नुहुन्छ । क्याल्सियम, आइरन र प्रोटिनजस्ता तत्वको भण्डारको रूपमा रहेको अण्डाले शरीरलाई चाहिने दैनिक पौष्टिक तत्वको भरणपोषण गर्नसमेत सहयोग गर्छ ।  

केरा

डिप्रेसनलगायत मानसिक समसया र मधुमेह आदिका कारण पनि तौल घट्ने हुन्छ । केरा खाएमा यस्ता समस्याबाट छुटकारा मिल्न सक्छ । यसमा पाइने पौष्टिक ततवले समस्याबाट बचाउन मद्दत गर्छ । साथै, केरा ऊर्जावद्र्धक फल पनि हो । यसर्थ, नियमित केरा सेवन गर्दा औसत तौल स्वतः बढ्छ । यो समाग्री नयाँ पत्रिकाबाट लिएको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!