सावधान ! यी व्यक्तिले अदुवा नखानुस्

Posted on: 18 Jan, 2019

अदुवाको सेवन हाम्रो स्वास्थ्यका लागि फाईदाजनक हुन्छ । तर आवश्यकता भन्दा बढि अदुवा खानाले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पुर्याउछ। धेरै अदुवाको सेवनले मानिसमा विभिन्न खाले स्वास्थ्य समस्या सिर्जना गर्दछ । अदुवाले थुप्रै रोगका लागि औषधिको काम गर्छ । तर, स्वास्थ्यसम्बन्धी केही यस्ता अवस्थामा अदुवाको प्रयोग गर्नुहुँदैन ।

– तपाईं तौल बढाउन चाहनुहुन्छ भने अदुवा नखानुस् । किनकि, यसले तौल कम गर्ने काम गर्छ ।

– रगतसम्बन्धी समस्या छ भने पनि अदुवा नखानुस् । रगतपातलो हुनेसम्बन्धी कुनैपनि समस्या भएकाले अदुवाको प्रयोग गर्नुहुँदैन ।

– गर्भवती महिलाले पनि अदुवाको प्रयोग नगर्दा राम्रो । गर्भवती महिलाले पछिल्लो तीन महिना अदुवा खानुहुँदैन । अदुवाले समयभन्दा पहिल्यै डेलिभरीको समस्या हुन सक्छ ।

– मधुमेह वा उच्च रक्तचापको औषधि सेवन गरिरहेकाले पनि अदुवा नखानुस् । किनकि, यसले औषधिसँग मिलेर अझ बढी समस्या निम्त्याउँछ ।

– महिनावारीको समयमा धेरै रगत बग्ने समस्या भएका महिलाहरुले अदुवा खानुहुदैन। धेरै अदुवाको सेवनले सरीरमा अम्लपनाको मात्रा बढ्छ।

विज्ञहरुका अनुसार दैनिक २ ग्राम जति अदुवा खानु स्वास्थ्यका लागि सुरक्षित तथा लाभदायक हुन्छ । एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!