तपाइँ बुद्धिमान हुनुहुन्छ या हुनुहुन्न ? यसरी पहिचान गर्नुहोस्

Posted on: 12 Dec, 2018

बुद्धिमान् व्यक्ति को हुन् भन्ने पहिचान गर्नु गाह्रो काम हो । हामी आफैँलाई पनि कत्तिको बुद्धिमान् छु भन्ने थाहा नहुन सक्छ ।

तर, यी गुण तपाईंमा छन् भने आफूलाई बुद्धिमान् मान्दा हुन्छ:

१ . बुद्धिमान्हरू प्रायः आफैसँग कुरा गर्छन् । तिनीहरू धेरै चिजमा आफ्नै मनसँग सवालजवाफ गर्न मन पराउँछन् । यो तिनीहरूका लागि सन्तोषजनक गतिविधि हो ।

२. बुद्धिमान् व्यक्ति कुनै पनि प्रकारका बहस वा लडाइँबाट टाढा रहन मन पराउँछन् । यसै कारण उनीहरू धेरै कुरा थाहा पाइपाई त्यसलाई बेवास्ता गरिदिन्छन् ।

३. बुद्धिमान् मानिसको सामाजिक सर्कल ठूलो हुँदैन । तिनका साथी धेरै पुराना र जान्ने–मान्ने हुन्छन् । वास्तवमा तपाईं जति धेरै स्मार्ट हुनुहुन्छ, त्यति नै छनोटमा पर्नुहुन्छ र धेरै सोचेर मात्र अरूसँग घुलमिल हुनुहुन्छ । 

४. बुद्धिमान्हरू सामान्यतया आफ्नो क्षमतालाई कम आँक्छन् । तिनीहरू कडा शब्द प्रयोग गर्दैनन्, धेरै बोल्दैनन्, गफ हान्दैनन् र कसैले केही नसोधी कुनै कुरा भन्दैनन् ।

५.बुद्धिमान् व्यक्ति एक्लै रहन मन पराउँछन् । तिनीहरू अकेलापनको सामना गर्दैनन् । तिनीहरू केवल रचनात्मक र फलदायी हुन्छन्, जब उनीहरूलाई उनीहरूको काम गर्न अनुमति दिइन्छ । एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!