शीघ्र स्खलन के कारणले हुन्छ र कसरी कम गर्ने ? यस्ता छन् ७ उपाय, जानी राखौं

Posted on: 08 Dec, 2018

- डा. राजेन्द्र भद्रा

म विवाहित पुरुष हुँ । मेरो विवाह भएको १२ वर्ष भयो । यौन सम्पर्क गर्दा शुक्रकीट छिटो झर्छ, श्रीमतीलाई सन्तुष्ट तुल्याउन सक्दिनँ । लामो समयसम्म यौनसम्पर्क गर्न वा श्रीमतीलाई सन्तुष्ट राख्न के गर्नुपर्ला ?                                                                            

शीघ्र वीर्य स्खलनको कारण 

आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा निरन्तर रूपमा चाँडो वीर्यस्खलन भए त्यसलाई शीघ्र स्खलन मानिन्छ । घर्षण नै गर्न नपाई वा योनिमा प्रवेश गराउनासाथ वा प्रवेश गराउनुभन्दा अघि नै वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्याहरूमध्ये सबैभन्दा बढी देखिने समस्या हो । कतिपयले सामान्य समय सीमामै वीर्य स्खलन भए पनि चाँडो भएको मान्छन् भने कसैले धेरै समय लागे पनि त्यसलाई सामान्य मान्न सक्छन् । यसको पक्का कारण यही नै हो भन्न सकिने अवस्था नभए पनि अहिले शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ । कतिपय व्यक्तिमा यौन सम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु एउटा गम्भीर चिन्ताको कारण हुन सक्छ । आफ्नो यौन जोडीलाई सन्तुष्ट राख्न सक्दिन कि भन्ने चिन्ता भए त्यसले समस्यालाई थप चर्काउँछ । विरलै भए पनि केही psychotropic drug को प्रयोग यस्तो समस्याको कारण त होईन भनेर केलाउन समेत बिर्सनु हुँदैन ।

समस्या समाधानका लागि के गर्न सकिएला ? 

आक्कलझुक्कल यस्तो शीघ्र स्लखन हुनु अस्वाभाविक होइन । त्यसैले यस्तो स्थितिमा खासै चिन्ता गर्नु आवश्यक छैन । धेरै चिन्ता गर्दा समस्या थप वृद्धि हुनसक्छ । शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भने समाधानको उपाय खोज्नुपर्ने हुन्छ । यो समस्या कम गर्न आफैले गर्न सकिने केही उपाय छन् ।

१. यौनसम्पर्क रोक्ने–सुरु गर्ने : यौन सम्पर्कका क्रममा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर केही बेर यौन क्रीडा नै रोक्ने र उत्तेजना केही कम भए पछि पुन: सुरु गर्ने ।

२. आसन परिवर्तन : लोग्ने मान्छे माथि र महिला तलको सट्टा महिला माथि बसेर सक्रिय भै यौन सम्पर्क गर्दा पनि शीघ्रस्खलन कम गर्न मद्दत मिल्छ । 

३. अँठ्याउने : यौनसम्पर्कका क्रममा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिङ्ग योनिवाट वाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने र वीर्य स्खलन हुन नदिने । केही बेरमा उत्तेजना केही कम भए पछि पुन: क्रीडा सुरु गर्ने । 

४. कन्डमको प्रयोग : कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्रस्खलनको समस्या कम गर्न मदत पुगेको छ । यस्तो बेलामा चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्‍याउँछ । 

५. मांशपेशीको प्रयोग : पिसाब आउँदा रोक्न प्रयोग हुने मांसपेशीको कसरत गरेर वीर्य स्खलन रोक्ने अभ्यास गर्दा फाइदा मिल्छ । 

६. औषधीको प्रयोग : अचेल छालाको संवेदनशीलता कम गर्ने मल्हम तथा स्प्रेहरू पनि बजारमा उपलब्ध छन् । द्यभलशयअबष्लभ तथा ीष्मयअबष्लभ जस्ता औषधी भएका यस्ता उत्पादन लिङ्गमा प्रयोग गर्दा शीघ्रस्खलन कम गर्न मद्दत मिल्छ । 

७. नियन्त्रणको अभ्यास : दीर्घकालिन उपचारका लागि हस्तमैथुनमा जस्तै उत्तेजित लिङ्गलाई चलाउने र वीर्य स्खलन होला जस्तो भए पछि रोक्ने र उत्तेजना केही कम भए पछि पुन: हस्तमैथुन सुरु गर्ने र वीर्य स्खलन होला जस्तो भए रोक्ने र यो प्रक्रिया दोहोर्‍याउने । वीर्य स्खलन राम्रोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि आफ्नी श्रीमती (यौन साथी) सँग यौनसम्पर्करहित क्रियाकलापमा संलग्न हुने, तर यौन सम्पर्क अर्थात् लिङ्ग योनिमा प्रवेश गराउने कार्य भने नगर्ने । वीर्य स्खलन होला जस्तो भए उक्त क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भए पछि पुन: सुरु गर्ने अनि बिस्तारै–बिस्तारै यौन क्रियाकपाललाई अघि बढाउने । समय र धैर्यता निकै लाग्ने भए पनि वीर्य स्खलन नियन्त्रणमा यो अभ्यास निकै लाभदायक सावित हुनसक्छ । यो उपाय दीर्घकालीन समाधानका लागि लाभदायक मानिन्छ ।

श्रीमतीलाई कसरी सन्तुष्टि दिने ? 

मानव यौन चक्रका बारेमा त तपाईंलाई जानकारी होला नै । यौन उत्तेजनालाई निरन्तरता दिन सकिए व्यक्ति यौन चरमसुखको चरण सम्म पुग्छ । विचार गर्नुपर्ने कुरा यौन चरमसुख व्यक्ति आफंैले प्राप्त गर्ने हो । अर्को व्यक्तिले त सहयोग मात्र गर्न सक्छ । यस्तो उत्तेजनालाई निरन्तरता दिन व्यक्तिका संवेदनशील अङ्गहरूका सम्बन्धमा जानकारी राख्नुपर्छ । 

तपाईंलाई थाहै होला, महिलाको सन्दर्भमा सबैभन्दा यौन संवेदनशील अङ्ग ‘भगाङ्कुर’ वाहिर तिर नै हुन्छ । यसलाई हात वा औंलाले नै चलाएर चरमसुख प्राप्त गर्न सहयोग गर्न सकिन्छ । योनि अर्को महत्वपूर्ण अङ्ग हो । यसको बाहिरतिरको भाग यौन संवेदनशील हुन्छ । योनिमा केही पसाई त्यसवाट घर्षण गराएर आनन्द प्राप्त गर्न सकिन्छ । स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण, अनि चलाउने जस्ता अनेक क्रियालापमा संलग्न हुन सकिन्छ । त्यसबाहेक अन्य अनेक नयाँ प्रयोगहरू गर्न सकिन्छ । पुरुषहरू जस्तै महिलाहरू पनि यौन उत्तेजक दृष्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले उजेजित हुन्छन् । यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रीडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ । यसले यौन सम्पर्कमा संलग्न दुवै जनालाई यौन चरमसुख साथसाथै प्राप्त गर्न मद्दत गर्छ । चरमसुख प्राप्त गर्नु सजिलो कुरा होइन र यो नै हुनुपर्छ भन्ने पनि छैन, साथै पाइएन भने पीर गर्नु पर्ने आवश्यता छैन, पालैपालो यौन चरमसुख प्राप्त गरेपनि हुन्छ । साथसाथै चरमसुख प्राप्त गर्दा वास्तविक अर्थमा त्यसलाई सम्भोग बनाउन सकिन्छ । सम्भोग अर्थात् ‘सम+भोग’, जसको अर्थ दुवैजना यौन साथी (श्रीमान्–श्रीमती) ले समान रूपमा यो सुखलाई भोग गर्न पाउने कुरा भयो ।

यौन सम्पर्क गर्दा लिङ्ग प्रवेश गराएर शुरु गरिने सोचबाट बाहिर निस्कनुपर्छ । महिलाले पर्याप्त रूपमा पाक्क्रीडामा संलग्न हुने समय पाउनुपर्छ । विशेष गरेर यौन सम्पर्क गर्दा पुरुष माथि र महिला तलतिर रहने आसनमा सम्पर्क गर्दा महिलाको भगाङ्कुरमा घर्षण हुँदैन भन्ने बुझ्नुपर्छ । साप्ताहिकबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!