रोजगारीको लागि सबैभन्दा राम्रो २५ कम्पनीमा कुन-कुन परे ?

Posted on: 07 Dec, 2018

मङ्सिर २१, काठमाडौँ | यसअघि फेसबुकमा काम गर्नु सबैभन्दा राम्रो मानिन्थ्यो तर यो पटक भने फेसबुकले अमेरिकामा सर्वश्रेष्ठ कार्यस्थल हुने मौका गुमाएको छ | 

फेसबुकले डाटा लिक गरेको आरोपसंगै यो पटक स्टक गुमाएको कारण फेसबुक यो पटक टप-७ मा झरेको छ | त्यस्तै एप्पलले राम्रो रोजगार प्रदाता कम्पनिको रुपमा उच्च छलाङ मारेको छ | रोजगार वेबसाइट-ग्लासडोरको वार्षिक रिपोर्ट अनुसार अमेरिकाका १०० सर्वश्रेष्ठ कार्यस्थलको सूची अनुसार बोस्टनको कन्सल्टिङ कम्पनी बेन एन्ड कंपनी शीर्ष स्थानमा छ |

ग्लासडोर वेबसाइटको रिपोर्ट अनुसार फेसबुक अब सातौँ स्थानमा पुगेको छ, त्यस्तै एप्पल ८४ औं स्थानबाट ७१ औं स्थानमा उक्लिएको छ | २०१७ मा फेसबुक अमेरिकामा सर्वश्रेष्ठ कार्यस्थल थियो भने एप्पल २०१६ मा ३६ औं स्थानबाट झरेर २०१७ मा ८४ औं स्थानमा पुगेको थियो | ई-कमर्स कम्पनी एमेजन भने शीर्ष १०० कम्पनिको सूचीमा समेत परेन | 

सफ्टवेयर कम्पनी माइक्रोसफ्टले पनि यस सूचीमा आफ्नो स्थानमा सुधार गरेको छ | माइक्रोसफ्ट ३९ औं स्थानबाट ३४ औं स्थानमा उक्लिएको छ | ग्लासडोरको सूची यस्तो समयमा आएको छ कि जब विभिन्न मीडिया रिपोर्ट्सका अनुसार, फेसबुकका कर्मचारी अरु कम्पनिमा काम खोज्दैछन् | 

रोजगारको लागि टप-२५ कम्पनीको सुची हेर्नुहोस् 

१. बेन एन्ड कम्पनी 

२. जूम भिडियो कम्युनिकेशन 

३. इन-एन-आउट बर्गर 

४. प्रोकोर टेक्नोलोजी

५. बोस्टन कन्सल्टिङ ग्रुप 

थप २० कम्पनी कुन-कुन ? थाहा पाउन यहाँ क्लिक गर्नुहोस् 

यस बिषयमा तपाइको प्रतिक्रिया...!