टाउको ठुलो भएकालाई क्यान्सरको खतरा !

Posted on: 24 Nov, 2018

यदि तपाईंको मस्तिष्कमा बढी कोषिका छन् भने तपाईंलाई मस्तिष्क क्यान्सर हुने खतरा पनि अन्य व्यक्तिको दाँजोमा बढी हुन सक्छ । हालै गरिएको एउटा अध्ययन अनुसार, ठूलो मस्तिष्कको अर्थ बढी मस्तिष्क कोषिका हो र कोषिका जति बढी हुन्छन् तिनमा त्यति नै विभाजन हुन्छ ।

नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलजीद्वारा जारी विज्ञप्तिअनुसार, विभाजनका बेला कोषिकामा दोष उत्पन्न हुन सक्छ र कुनै जिनको डीएनएमा स्थायी परिवर्तन अर्थात् म्युटेसन हुन सक्छ, जसले गर्दा क्यान्सर हुन्छ । अध्ययन अनुसार, तीव्र गतिले फैलिने मस्तिष्कको क्यान्सर दुर्लभ प्रकारको मस्तिष्क क्यान्सर हो । तर एक पटक यो भइसकेपछि बाँच्ने सम्भावना धेरै न्यून हुन्छ ।

क्यान्सर उत्पन्न हुनुमा विभिन्न अंगको आकार महत्वपूर्ण कारक हुने गर्छ । उदाहरणको लागि, ठूला स्तन भएका महिलालाई स्तन क्यान्सर हुने खतरा बढी हुन्छ । उक्त अध्ययनमा पनि मस्तिष्कको ट्युमरको मामिलामा समेत यस्तै हुन्छ कि भनी जाचियो। हजारौं व्यक्तिको रगतको नमुना र स्वास्थ्य तथ्यांकको हेरियो । 


अनुसन्धाताहरूले मस्तिष्कको आकार नाप्न म्याग्नेटिक रिजोनेन्स इमेजिङ (एमआरआई) परीक्षण गरि हेरे । उनीहरूले महिलाको दाजोमा पुरुषमा ब्रेन ट्युमर बढी हुने गरेको पाए । त्यो किनभने,

पुरुषको मस्तिष्क महिलाको तुलनामा ठूलो हुन्छ । पुरुषको शरीर सामान्यतः ठूलो हुने भएकाले यस्तो भएको अध्ययनमा उल्लेख छ । मस्तिष्क ठूलो हुनुको मतलब पुरुष बढी बुद्धिमान् हुन्छन् भन्ने होइन । खासमा ठूलो शरीरलाई नियन्त्रण गर्न उनीहरूलाई बढी मस्तिष्क कोषिकाको आवश्यकता परेको हो ।

उक्त अध्ययनमा के पनि उल्लेख छ भने, ठूलो मस्तिष्क भएका पुरुषहरूको दाजोमा ठूलो मस्तिष्क भएका महिलामा मस्तिष्क क्यान्सर हुने जोखिम बढी हुन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!