रक्सीसँग कहिल्यै नखानुस् यी खानेकुरा

Posted on: 20 Nov, 2018

हुन त रक्सी पिउनु भनेको रोग निम्त्याउनु हो तैपनि आजभोलिका मान्छेहरूमा रक्सी पिउने फेशन नै चलेको छ ।

अनि रक्सीसँगै सित्तनका रूपमा मान्छेले पिनट्स, भुटेको काजु, चिप्स, पनीर वा सलाद खाने गर्छन् । सलादसम्म त ठीकै हो तर अरू कुराले चाहिँ स्वास्थ्य बिगारिदिन्छन् । रक्सीसँग के खानु हुँदैन यहाँ हामी बताउँछौं ।

धेरैजसो रक्सी पिउने मान्छेले मुंगफली बदाम वा भुटेको काजु खान्छन् । रक्सीसँग यी कुरा खानु ठीक हुन्न । यिनमा धेरै कोलेस्ट्रोल हुन्छ र यसबाट हाम्रो पाचन प्रक्रिया गडबडाउँछ ।

रक्सीसँग कोल्ड ड्रिंक मिसाएर कहिल्यै पनि पिउनु हुँदैन किनकि यी दुवैले शरीरमा पानीको मात्रा घटाउँछन् । यसको साटो तपाईं रक्सीमा पानी वा बरफ हालेर पिउनुस् ।

रक्सी पिउँदै चिप्स चपाउने मान्छे पनि धेरै भेटिन्छन् । चिप्स सस्तो पनि हुन्छ अनि स्वादिष्ट पनि । यसको स्वादमा बहकिएर मान्छेहरू धेरै रक्सी पिइदिन्छन् । त्यसैले यो कुरा नखानु ठीक हुन्छ ।

केही मानिस रक्सीसँग दुग्धजन्य पदार्थ पिउँछन् । दही र पनीर रक्सीका साथ खाँदा पाचन प्रणाली बिग्रन्छ ।

रक्सीका साथ कहिल्यै पनि मिठाइ खानु हुँदैन किनकि यसले नशालाई दुई गुणा बढाइदिन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!