दाँत किराले खान नदिन यी तरिका अपनाउनुहोस्

Posted on: 20 Nov, 2018

दाँत हाम्रो शरीरको एक महत्वपूर्ण अंग हो । पाचन प्रणालीमा दाँतको ठूलो भूमिका हुन्छ । राम्रोसँग चपाएर खाए मात्र खाना पचाउन सकिन्छ । त्यसका लागि चपाउने दाँत स्वस्थ र बलियो बनाउनु जरुरी हुन्छ।

घरीघरी खाने तर मुख कुल्ला नगर्ने तथा दाँत नमाझ्नेहरूको दाँत बढी किराले खाने चिकित्सक बताउँछन् । आउनुहोस्, दाँत किराले खानबाट कसरी बचाउने केही जानकारी लिऔं।

– सूर्तिजन्य पदार्थ नखाने

– कुनै पनि चिज खाएपछि मुख कुल्ला गर्न नबिर्सने

– दाँत सही तरिकाले माझ्ने

– दाँत माझ्दा नरम बुसको प्रयोग गर्ने

– खाना खाएपछि अनिवार्य रूपमा बिहान–बेलुकी दुईपटक दाँत माझ्ने

– फ्लोराइडयुक्त मञ्जनले दाँत माझ्ने

– चकलेट, कोकाकोला जस्ता चिज खाएपछि अनिवार्य मुख कुल्ला गर्ने अथवा दाँत माझ्ने

– गर्भवतीले क्याल्सियमयुक्त खाना खाने

यस बिषयमा तपाइको प्रतिक्रिया...!