राती जन्मेकाहरु धेरै जोखिम मोल्छन् ? जन्म समयबाट थाहा पाउनुस् व्यक्तिको स्वभाव र भविष्य

Posted on: 06 Nov, 2018

ज्योतिषको मद्दतले जन्म समयको आधारमा कुनै पनि व्यक्तिको भविष्य र स्वभावको जानकारी पाउन सकिन्छ । राती जन्मेका र दिउँसो जन्मेका मानिसहरुबीच निकै भिन्नता हुन्छ । ज्योतिषाचार्य पं. मनिष शर्माका अनुसार राती जन्मेका मानिसहरु धेरै जोखिम मोल्छन् भने दिउँसो जन्मेकाहरु काम प्रति धेरै इमान्दार रहन्छन् । ज्योतिष शास्त्र अनुसार थाहा पाउनुस् दिउँसो र राती जन्मेका मानिसहरुको स्वभाव कस्तो हुन्छ ।

दिउँसो जन्मेका मानिसहरुको स्वभावः

– दिउँसो जन्मेका भन्दा राती जन्मेका मानिसहरु साहसी हुन्छन् ।

– स्वास्थ्यको मामलामा दिउँसो जन्मेका मानिसहरु भाग्यमानी हुन्छन् । उनीहरुको स्वास्थ्य निकै राम्रो हुन्छ ।

– राती जन्मेका मानिसहरु थोरै अल्छी हुन्छन् तर दिउँसो जन्मेकाहरुले कुनै पनि काममा अल्छी हुँदैनन् । प्रत्येक काम इमान्दारीपूर्वक गर्न रुचाउँछन् ।

– यी व्यक्तिहरु भावुक हुन्छन्, अरुको समस्या देख्न सक्दैनन् र मद्दतका लागि सधैं तत्पर रहन्छन् ।

– उनीहरु भगवानप्रति पूर्ण विश्वास राख्छन् र उनीहरुको स्वभाव धर्मबाट प्रभावित हुन्छ ।

– उनीहरु शान्तीपूर्वक काम गर्न रुचाउँछन् ।

– राती जन्मेका भन्दा दिउँसो जन्मेकाहरुलाई कम रिस उठ्छ । उनीहरुको रिस चाँडै नै कम हुन्छ पनि ।

– घर परिवार र समाजमा उनीहरुले मान–सम्मान पाउँछन् ।

– आफ्नो कर्मसहित कहिलेकाँही भाग्यमा पनि उनीहरु विश्वास गर्छन् ।

– जीवनसाथीप्रति इमान्दार रहन्छन् र सबैको सुखलाई ध्यानमा राख्छन् ।

राती जन्मेका मानिसहरुको स्वभावः

– राती जन्मेका मानिसहरुको कुण्डलीमा बृहस्पती र राहु बलियो हुन्छ त्यसकारण उनीहरुलाई कहिले पनि पैसाको कमी हुँदैन ।

– राती जन्मेका मानिसहरु आलोचक हुन्छन् । त्यसकारण उनीहरु सबैको आलोचना गरिरहेका हुन्छन् ।

– यी व्यक्तिहरु फ्रेन्डली हुन्छन् । दिउँसो जन्मिनेभन्दा राती जन्मेकाहरु साथी बनाउन निकै सिपालु हुन्छन् ।

– राती जन्मेका व्यक्तिहरु निकै आत्मविश्वासी हुन्छन् त्यसकारण उनीहरु सार्वजनिक स्थानमा आफ्नो कुरा निकै खुलेर प्रस्तुत गर्न सक्छन् ।

– यी व्यक्तिहरु धेरै कल्पनाशील र रचनात्मक स्वभावका हुन्छन् ।

– उनीहरु साहसी हुन्छन्, जस्तोसुकै जोखिम लिन तयार रहन्छन् ।

– उनीहरु चाँडै नै समस्या पत्ता लगाउन सक्छन् र त्यसको समाधानमा तत्पर रहन्छन् ।

एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!