अनुहारको छाला चाउरीएको छ ? लसुन लगाइदिनुस् !

Posted on: 02 Nov, 2018

लसुन खानको लागि मात्र स्वादिष्ट नभएर यसले पेटको रोगहरुलाई समेत निको पार्दछ | यसको अलावा लसुन छालाका लागि पनि महत्वपूर्ण मानिन्छ । यसको प्रयोगबाट छालालाई स्वस्थ र सफा राख्न सकिन्छ। यसमा एन्टिएजिंग तत्व प्रशस्त मात्रामा रहेको हुन्छ।यसको सेवनबाट उमेर नपुग्दै छालामा आउने चाउरीबाट बच्न सकिन्छ। 

लसुनबाट हुने फाइदाहरु

१. लसुनको रस निकालेर अनुहारको छालामा लगाउँदा दाग धब्बा हटेर जान्छ।  

२. लसुनको एउटा पोटी पिसेर बनाएको पेष्टमा टमाटरको रस मिलाएर अनुहारको छालामा लगाउँदा यसले बन्द भएका प्वालहरु खुलाउँछ। जसले गर्दा त्यहाँ भएको फोहोर बाहिर निस्किन्छ र छाला सफा र चम्किलो देखिन्छ।

३. लसुनको रस जैतुनको तेलमा मिलाएर मन तातो बनाइ चाउरी परेको छालामा लगाउँदा चाउरी हटेर जान्छ।

४. अनुहारको छालामा रातो रातो दागहरु आएको छ भने लसुनको पेष्ट बनाएर लगाउँदा रातो दागहरु हटेर जान्छ।

५. बिहान खाली पेटमा लसुन खाँदा यसले एन्टी एजींगको काम गर्छ। बिहान लसुन र कागती पानी खाने गरेमा उमेर नपुग्दै आउने चाउरीपनाबाट बच्न सकिन्छ।

६. यसको नियमित सेवनबाट कब्जियत, चिसोमा लाग्ने खोकी र ग्यास्ट्रिकसम्बन्धी समस्याबाट बच्न सकिन्छ।

श्रोत - एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!