अण्डा शाकाहारी कि मांशहारी ? जान्नुहोस्

Posted on: 30 Oct, 2018

एजेन्सी:- कयौं शाकाहारी मानिसहरु अण्डालाई मांशाहारी मानेर अण्डा सेवन गर्दैनन् । उनीहरु भन्छन कि अण्डा कुखुराले उत्पादन गर्छ, यसै कारण उनीहरु ठान्छन् कि अण्डा नन-भेज हो । 

तर यदी यस्तै कुरालाई सत्य मान्ने हो भने दूध पनि जनवरबाटै उत्पादन हुन्छ, के त्यसो भए दुध पनि ननभेज हो त ? यदी तपाइँलाई पनि यस्तै लाग्छ भने फेरी अर्को तर्क आउँछ कि अण्डाबाट बच्चा निस्कन्छ, सबै अण्डाबाट बच्चा उत्पादन हुँदैन । बजारमा पाइने धेरैजसो अण्डा अनफर्टिलाइज्ड हुन्छ । जुन अण्डाबाट बच्चा उत्पादन हुँदैन । अण्डाबाट त्यतिकै बच्चा उत्पादन हुँदैन । अण्डाबाट बच्चा उत्पादन हुनको लागि केहि चरणहरु पार गर्नुपर्ने हुन्छ । जस्तो कि गाउँ-घरमा कुखुराले अण्डा पाएपछी त्यो अण्डालाई त्यतिकै राख्दा बच्चा बन्दैन । त्यसको लागि कुखुरा कोराल्नु (अण्डालाई छोपेर बस्नु) पर्छ । बिभिन्न कारण देखाई बैज्ञानिकहरुले भने अण्डा मांशहारी नभएको दावी गरेका छन् । वैज्ञानिकहरुले बिज्ञानको माध्यमबाट यस बिषयको जवाफ दिँदै भनेका छन् - 'अण्डा शाकाहारी हुन्छ ।'

यस बिषयमा तपाइको प्रतिक्रिया...!