गर्भावस्थामा भुलेर पनि नगर्नुस् यी कार्य, गर्भपतनको खतरा हुनसक्छ

Posted on: 26 Oct, 2018

गर्भावस्था महिलाका लागि एक यस्तो अवस्था हो जुन अवस्थमा आमा र बच्चाको विशेष ध्यान दिनु पर्छ । अन्यथा आमा र बच्चाको स्वास्थ्य खतरामा पर्न सक्छ । एक स्वस्थ बच्चाको जन्म दिन गर्भवती महिलाले धेरै कुरामा ध्यान दिनु पर्छ । जसले गर्भवती र गर्भमा रहेको बच्चा दुवै जनाको स्वास्थ्य स्वस्थ रहन सकोस् ।  

१. गर्भवती महिलाले ३–४ घण्टाको फरकमा केही न केही खाना खानु पर्छ । किनकी गर्भको बच्चा भोकाएको पनि हुनसक्छ ।  

२. धूम्रपान तथा मादक पदार्थ सेवन गर्नु हुँदैन ।   

३. प्रतिदिन २ सय ग्रामभन्दा धेरै कैफिनको प्रयोग गर्नु हुदैन । जसको अधिक प्रयोगले गर्भपतन तथा बच्चाको तौल कम हुने सम्भावना हुन्छ ।   

४. धेरै मसालेदार, चटपटे तथा धेरै तातो किसिमको खाना खानु हुँदैन । अत्यधिक नुन भएको खाना खानु हुँदैन ।    

५. गर्भावस्थामा वर्त बस्नु हुँदैन ।  

६. गर्भावस्थामा तारेको तथा फास्टफूडको सेवन गर्नु हुँदैन ।  

७. गर्भावस्थामा तनाव लिनु हुँदैन ।  

८. सामान्य किसिमका व्यायाम गर्नु पर्छ । धेरै गहु्रगों सामान बोक्ने र उचाल्ने गर्नु हुँदैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!