यी १० अवस्थामा भुलेर पनि नपिउनुस् पानी

Posted on: 24 Oct, 2018

पानी मानव जीवनमा अपरिहार्य छ । पानी विना हामी केही बेर समेत रहन सक्दैनौं । तर पानी जुन बेला पायो त्यही बेला भने पिउन नहुने हुँदैन | 

पानी पिउन नहुने १० अवस्था यहाँ चर्चा गरिएको छ ।   

१. अति नै थाकेको बेलाः एकदम थाकेको समयमा वा पसिना आउने गरी श्रम गरे लगत्तै पानी पिउनु घातक हुन्छ । केही समय विश्रामपछि मात्र पानी पिउनु पर्छ । 

२. दौड या ब्यायामपछिः दौडेपछि वा ब्यायाम अर्थात शारीरिक अभ्यास लगत्तै पानी पिउनु हुँदैन । शारीरिक अभ्यासपछि असिन पसिन भएको भएपनि केहीबेर विश्राम गरेर मात्र पानी पिउनु पर्छ ।

३. अति नै भोक लागेको बेलाः अति नै भोक लागेको बेलामा पानि पिउनु घातक हुन्छ । अति भोकपछि केही खाना खाएपछि मात्र पानी पिउनु पर्छ ।   

४. शरीर असजिलो अवस्था वा आसन मा छ भने साथै सुतेको अवस्थामा पनि पानी पिउनु हुँदैन   

५. खाना खानु तुरुन्त अगाडी र तुरुन्त पछाडी पानी पिउनु स्वास्थ्यका लागि घातक मानिन्छ । 

६. अति तातो चिज खाने वित्तिकै पानि पिउनु वर्जित छ । केही बेरपछि मात्र पानी पिउनुस् ।   

७. पानी पिए लगत्तै सत्नु अहितकर मानिन्छ ।   

८. फलफुल खाएपछि पानी पउनु राम्रो मानिदैन । फलफुल खाएको केही बेरमा मात्र पानी पिउनु राम्रो मानिन्छ । 

९. सुर्ती चुरोट धुवाँ तथा खैनी गुट्खा सुपारी सँगै पानि पिउनु घातक मानिन्छ । 

१०. मैथुन कार्य गर्ने वित्तीकैः यौन क्रिडा गरे लगत्तै पनि तत्कालै पानी पिउनु हुँदैन । केही बेरपछि मात्र पानी पिउनु पर्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!