तौल घटाउँन खोज्दा उल्टो बढ्ला ! यस्ता छन् तौल घटाउनको लागि विचार गर्नुपर्ने नियमहरु

Posted on: 13 Oct, 2018

टिप्स | वजन बढी हुनु आज भोलिको ठुलो समस्या हो । कतिपयले त वजन घटाउनको लागि भनेर घण्टौँ जिममा पसिना बिताउँछौँ । डाइटिङको नाममा आफूलाई मीठो लाग्ने खानेकुरा समेत त्यागेको पाईन्छ | तर यस्तो बानीले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पारिरहेको हुन्छ । जुन कारणले भोलिको दिनमा ठुलो समस्या निम्ताएको हुन्छ । 

तौल घटाउँदा विचार गर्नुपर्ने नियमहरु - 

कसरत पछि पानी 

एकोहोरो कसरत कहिले गर्नुहुँदैन । कसरतपछि अनिर्वाय रूपमा प्रशस्त पानी पिउनुपर्छ । कसरत गर्दा पसिना बग्ने हुँदा शरीरलाई सन्तुलित राख्न पानी आवश्यक हुन्छ । सन्तुलित पानीको सेवनले तौल घटाउन मद्दत गर्छ । 

खाली पेट कसरत नगर्ने 

तौल घटाउन खाली पेट कसरत गर्नु ठुलो गल्ति हो । प्रत्येक दिन केही नखाई लगातार कसरत गर्दा शरीरबाट शक्ति नष्ट हुन्छ । जसले गर्दा मांसपेशी कमजोर हुन सक्छ । यसरी वजन कम गर्दा स्वास्थ्य सम्बन्धी समस्या उत्पन्न समेत हुन्छ । त्यसैले केही खाएर मात्र कसरत गर्नु उपयुक्त मानिन्छ । 

८ घण्टाको सुताई 

बढी सुत्दा वजन बढ्छ भनेर धेरै मानिस कम सुत्छन्, तर शारीरिक तन्दुरुस्ती कायम राख्न कम्तीमा ८ घण्टा सुत्नु अनिवार्य छ । 

खाली पेट नबस्ने 

डाइटिङका नाममा खाली पेट बस्नु अर्को ठूलो गल्ती हो । वजन घटाउने भूत चढेपछि केही मानिस डाइटिङका नाममा बिहान–बेलुका खाना खान छोड्छन् । यस्तो बानीले सीधै पेटमा असर गर्छ । बिहान नास्ता नगरी एकैपटक धेरै खाँदा वजन घट्नुको साटो बढ्न सक्छ ।  बढी डाइटिङ गर्नुभन्दा पनि सही समयमा सही तरिकाले खानु उपयुक्त हुन्छ । 

पेटको राम्रो सफाई

पेटमा कुनै समस्या छैन भने अनुहार सधैँ हँसिलो हुन्छ, तर बिहानै कब्जियतको समस्या भयो भने शरीरमा आलस्य उत्पन्न हुन्छ । बिहानै शौच राम्रो भयो भने शरीर दिनभर स्फूर्त रहन्छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!