शरीरको कुन अंगको कोठीले के संकेत गर्दछ ? हेर्नुहोस्

Posted on: 08 Oct, 2018

शरीरको बिभिन्न अङ्गहरुमा भएको कोठीले भबिष्यको बिश्लेषण गर्छ । ज्योतिष शास्त्रका अनुसार शरीरको कुनैपनि अङ्गमा कोठी हुनुले केहि न केही कुराको संकेत गर्छ ।

१. जसको निधारको बिचमा कोठी हुन्छ त्यस्ता मानिसहरुको मन एकदमै सफा हुन्छ । यस्ता मानिसहरु मायाप्रेमको मामलामा एकदमै बफादार हुन्छन् ।

२. निधारको दाहिनेतर्फ भएको कोठीले अन्र्तनिहीत प्रतिभाको संकेत गर्छ । यस्ता मानिसहरुले आफुमा भएको प्रतिभालाई चिनेको खण्डकमा जीवनमा ठुलो सफलता हात पार्छन् ।

३. निधारको देब्रेतर्फ कोठी हुनेहरु एकदमै फजुल खर्च गर्ने किसिमका हुन्छन् । यीनीहरुलाई ज्योतिषहरुले पैसा बचाउने सल्लाह दिने गर्छन् ।

४. आखीभौँ यानिकी आईब्रोमा कोठी हुने मानिसहरु प्रायजसो यात्रा गरिरहेका हुन्छन् । यस्ता मनिसहरुलाई यात्रा गर्न खुब रमाईलो लाग्छ ।

५. दाहिने आखाँमा भएको कोठीले सुखद संकेत गर्छ भने देब्रे आँखामा भएको कोठीले दाम्पत्य जीवनमा खराबी उत्पन्न हुन्छ ।

६. आखाँको दाहिने नानीमा कोठी भएको मानिसको विचार एकदमै उच्च हुन्छ ।

७. आखाँको देब्रे नानीमा कोठी भएको मानिसहरुको बिचार ठिक नहुने ज्योतिषहरु बताउँछन् ।

८. आखाँको परेलीमा कोठी हुनेहरु संवेदनशील हुन्छन् ।

९. दाहिने आखाँको परेलीमा कोठी हुनेहरु देब्रे आखाँमा परेली हुनेहरुको तुलनामा बढी संवेदनशील हुन्छ ।

१०. कानमा कोठी हुनेहरु अल्पायुमा मृत्यु हुने सम्भावना बढी हुन्छ ।

११. नाकमा कोठी हुने मानिसहरु प्रतिभाले सम्पन्न हुन्छन् ।

१२. ओठमा कोठी हुनेहरु एकदमै प्रेमिल हृद्यको हुन्छ ।

१३. ओठको तल कोठी हुनेहरु गरिब हुनेछन् । एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!