शनिवार र औशीको दिन आफ्नो प्रेमीलाई नभेट्नुस्, कुन दिन भेट्दा राम्रो ? जानी राखौं

Posted on: 16 Sep, 2018

टिप्स:- प्रेमलाइ हामी सुखी जीवन र दिर्घकालिन बनाउन चाहन्छौ तर कतिपय अबस्थामा यो हामीले सोचे जस्तो भइरहेको हुँदैन । कहिले सामान्य खटपट आउँछ भने कुनै अवस्थामा प्रेम सम्बन्धहरुको नै अन्त्य हुने गरेको छ । अब यस्तो अवस्थामा प्रेमलाई राम्रो र जीवन पर्यन्त बनाउनका लागि ज्योतिष शास्त्रमा केही व्यवस्था गरिएको छ । 

ज्योतिषमा शुक्रलाई प्रेम कारक ग्रह मानिन्छ । यदि शुक्र सकारात्मक छ भने तपाइको प्रेम सफलताको बाटो तिर सहजै जान्छ । तर यदि शुक्र कमजोर छ भने प्रेममा खटपटी आउने हुन्छ । प्रेम सफल बनाउने सबैको चाहना हुन्छ तर ग्रहको नकारात्मक प्रभावका कारण टुट्न जान्छ । 

प्रेम सम्बन्धलाइ राम्रो बनाउन केही विधि अपनाएको खण्डमा यसलाई टिकाउन सकिन्छ । तपाई यदि प्रेम सम्बन्ध कमजोर भइरहेको छ भने शुक्रबार विहानै उठेर स्नान गर्ने ( नुहाउने ) अनि शुक्रबार एक दिन माछा(मासु , लसुन, प्याज, नुन (धुमपान र मध्यपान ) नखाने । र एउटा ओपल धारण गर्नुहोला । यदि यसो गरेमा तपाइको प्रेममा सफलता मिल्नेछ । 

यदी तपाईहरुको प्रेम सम्बन्धमा समस्या उत्पन्न भएको छ भने कृष्ण मन्दिरमा बासुरी र पान अर्पण गर्नुहोस् ।

गिफ्ट दिदा एक अर्कालाई कालो रंगको कुनै पनि वस्तु नदिनु होला यसले सम्बन्धमा समस्या उत्पन्न हुन्छ । 

केटाहरुलाई प्रेममा सफतला पाउनका लागि पन्नको औठी लगाउन आवश्यक हुन्छ । 

प्रेमी प्रेमिकाले शनिवार र औशीको दिन भेटघाट गर्नु हुँदैन । यस दिन भेट भएमा दुई जनावीच विवाद हुन सक्छ । तर शुक्रबार र पूर्णिमाको दिन भेटघाट गर्दा भने सम्बन्ध राम्रो हुन्छ । एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!