सुपरस्टार अनमोल केसी वलिउड फिल्ममा अनुबन्धित

Posted on: 07 Jun, 2018

जेठ २४, काठमाडौँ | नेपाली फिल्मका सुपरस्टार अनमोल केसी वलिउड फिल्ममा अनुबन्धित भएका छन् |

उनलाई हालैमा भारतको सुप्रशिद्ध म्यूजिक कम्पनी 'वल्डवाईड रिकाड्र्स प्रा.ली' ले निर्माण गर्न लागेको एक हिन्दी फिल्ममा साइन गरेका छन् । 

भारतको 'हमारा महानगर' पत्रिकाले 'नेपाली सुपरस्टार अनमोल केसीको बलिउडमा ईन्ट्री' शिर्षकमा एक समाचार प्रकाशन गरेको छ । नाम तय नभएको उक्त फिल्म भारत र नेपालबाहेक ७४ देशमा प्रदर्शन हुने समाचारमा उल्लेख छ । यो पत्रिकाको समाचार अनमोलले आफ्नो आधिकारिक फेसबुकमा पनि शेयर गरेका छन् |


 


यस बिषयमा तपाइको प्रतिक्रिया...!