'संजु'को पहिलो गित सार्वजनिक, देखियो सोनाम र रणबिर कमालको केमेस्ट्री

Posted on: 03 Jun, 2018

जेठ २०, काठमाडौँ | बलिउड अभिनेता संजय दत्तको बायोपिक चलचित्र 'संजु' को पहिलो गित सार्वजनिक भएको छ । "मै बढ़िया तू भी बढ़िया" बोलको उक्त गीतमा सोनु निगम र सुनिधि चौहानको आवाज रहेको छ | 

पुनीत शर्माको शब्द तथा रोहण-रोहण संगीतमा रहेको उक्त गीतमा रणबिर कपूर र सोनाम कपूरको केमेस्ट्री देख्न सकिन्छ | अभिनेता रणबीर कपुरको मुख्य भूमिका रहेको उक्त चलचित्रमा संजय दत्तको जीवनीलाई प्रस्तुत गरिएको छ । 

चलचित्रमा सञ्जय दत्तको भूमिका रणबीर कपूरले निर्वाह गरेका छन् । राजकुमार हिरानीको निर्देशनमा बनेको चलचित्रको सञ्जयको विवादित कुराहरूलाई पनि समावेश गराइएको छ । जुन २९ मा रिलिज हुन लागेको चलचित्रमा रणबीरको अलावा दिया मिर्जा, सोनम मपुर, मनीषा कोइराला लगायतका कलाकारको अभिनय रहेको छ ।  एजेन्सी 


यस बिषयमा तपाइको प्रतिक्रिया...!