बिदेशवाट नेपाल आउँदा कति सुन ल्याउन पाइन्छ ?

Posted on: 02 Jun, 2018

जेठ १९, काठमाडौं । बैदेशिक रोजगारीको क्रममा बिभिन्न देशमा गएका नेपालीहरुले विदेशबाट नेपाल फर्कंदा कति सुन ल्याउन पाइन्छ ? विदेशबाट सुन ल्याउँदा भन्सार दर कति पर्छ भन्ने बारे जानकारी यहाँ दिईएको छ । 

नेपाल सरकारले विदेशमा काम गरेर फर्किने नेपाली कामदारले काँचो सुन ल्याउन पाउने व्यवस्था गरेको छ । तर उक्त सुन ल्याउँदा तपाइले ल्याएको सुनको परिणाम अनुसार लाग्ने कर भने तिर्नुपर्ने हुन्छ । विदेशबाट नेपाल फर्कँदा कर तिरेर १०० ग्रामसम्म सुन ल्याउन पाइन्छ । भन्सार दर अनुसार ५० ग्रामसम्म सुन ल्याउँदा एक ग्रामको ५२० रुपैयाँका दरले कर तिर्नुपर्छ । जस अनुसार यदी तपाईले १ तोला सुन ल्याउनुहुन्छ भने भन्सारलाई ६ हजार २ सय ४० भन्सार लाग्छ ।

तर नियामानुसार ५० ग्रामभन्दा बढी सुन ल्याएको खण्डमा भने बढी ल्याइएको सुनमा प्रतिग्राम ६२० रुपैयाँ कर लाग्नेछ । यसअनुसार ५० ग्रामबाट बढेर १० ग्राम बढी सुन ल्याएमा थप ६ हजार २ सय र ५० ग्राम ल्याएमा थप ३१ हजार रुपैयाँ भन्सार तिर्नुपर्ने भन्सार विभागका एक उच्च अधिकारीले जानकारी दिएका छन् । 

नियमानुसार सय ग्राम सुन ल्याउने हो भने पहिलो ५० ग्राममा २६ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ भने त्यसपछिको ५० ग्राममा ३१ हजार भन्सार तिर्नुपर्छ । यदी १०० ग्रामभन्दा बढी सुन ल्याएमा भने सिधै जफत हुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!