श्रीमान र श्रीमतीको एकै राशी भएमा के हुन्छ ?

Posted on: 17 May, 2018

ज्योतिष शास्त्रको अनुसार बाह्र राशी हुन्छ | सबै राशिको फरक-फरक ग्रह हुन्छ जुन चाहिँ मान्छेको स्वभाव अनुसार आधारित हुन्छ | विवाह जस्तो पवित्र कार्यमा पनि राशीले ठुलो भूमिका खेलेको हुन्छ | दुई व्यक्तिको फरक र एकै किसिमको  राशीले विवाहमा ठुलो भूमिका खेलेको हुन्छ | विवाह पछिको जीवन सुखमय हुन्छ कि हुँदैन भन्ने कुरा धेरै हदसम्म  राशीले पनि निर्घारित गरेको हुन्छ | तल पढ्नुहोस्ए एकै राशी हुनेहरुको वैवाहिक जीवन यस्तो हुन्छ  -

मेष र मेष (ग्रह - मंगल)

यो राशीको व्यक्तिहरु धेरै मेहेनती हुन्छन् | दुबै श्रीमान् र श्रीमती मेष राशिको भयो भने जीवन सुखमै रहन्छ | 

बृष र बृष (ग्रह - शुक्र)

मायाँको प्रतिक मानिने यो जोडीमा धेरै मायाँ हुन्छ | उनीहरुको दाम्पत्य जीवन सुखमै बित्छ |

मिथुन र मिथुन (ग्रह - बुध)


यो राशिको मान्छेमा धेरै शंका र चिन्तन गर्ने बानी हुन्छ | त्यहि कारणले गर्दा दुबै बीचमा कहिलै पनि शान्ति हुदैन | त्यसैले यो राशि हुनेहरुले आफ्नो लागि अर्कै राशिको जीवनसाथी खोज्दा निकै लाभदायक हुन्छ | 

कर्कट र कर्कट (ग्रह - चन्द्रमा )


यो एकै राशि भएका जोडीहरु बिचमा धेरै झगडा हुन्छ | साथै चिन्तन गर्ने बानीले गर्दा बादविवाद पनि बढी हुन्छ | त्यसैले ज्योतिसहरुले यी एकै राशि भएकाहरुको बैबाहिक जीवन सुखमयी नहुने दावी गर्छन | 

सिंह र सिंह (ग्रह - सूर्य)


यी एकै राशि हुने जोडीहरुबीच कहिलेकहिँ झगडा हुनसक्छ तर वैवाहिक जीवन भने सुखी नै रहनेछ | त्यसो त लोग्नेस्वास्नीको झगडा हुन्छ नै तर एक-अर्काप्रति बुझ्नेले आपसमा झगडा भए पनि केहि समयमा मिलिहाल्छन | 

कन्या र कन्या(ग्रह - बुध)


यो राशिका जोडीहरु एक अर्काको आवस्यकता पुरा गर्न नसकेर दुबै बिच असन्तुष्टि व्यक्त गर्छन | यस्तो जोडीले आफ्नो सन्तुष्टि पुरा गर्न आफ्नो जीवनसाथी भन्दा अरुलाई ध्यान दिने गरेको ज्योतिसहरुको दावी छ | 

तुला र  तुला (ग्रह - शुक्र)


तुला राशि-राशि बीच बैबाहिक जीवन भयो भने दुबैजनाको जीवन सुखमै बित्छ | यिनीहरु सामान्य हुने हुनाले यिनीहरुले एकअर्काप्रति सन्तुष्ट हुन्छन | 

बृश्चिक र बृश्चिक (ग्रह - मंगल)


यो राशिको दाम्पत्य बिच सधै विवाद रहन्छ | सधै चिन्ता र तनाव सामना गर्नुपर्ने हुन्छ | त्यसैले ज्योतिसहरु यी दुईराशि एकै भएकाहरुसँग बिबाहको लागि राम्रो मान्दैनन | 

धनु र  धनु (ग्रह - गुरु)


यो राशिको जोडीको जीवन सुखमै बित्छ | 

मकर र मकर (ग्रह - शनि)


यो राशीको दाम्पत्य जीवन सफल रहनेछ |

कुम्भ र कुम्भ (ग्रह - शनि)


यो राशिको मान्छेहरु मेहेनती हुन्छ | दुबैजनाको जीवन सुखमै रहनेछ | मेहेनती हुने हुनाले यिनीहरुको जीवनमा धनधान्यले साथ दिन्छ भने त्यसैको उपभोगले उनीहरु सुखी र खुसि हुन्छन | 

मीन र  मीन (ग्रह - गुरु)


मीन राशी भएको दाम्पतिको जीवन पनि सुख रहने ज्योतिसहरुको दावी छ |

अन्तमा यो पनि: 

हामीले हाम्रो जीवन सुखी बनाउने धेरै तरिका छन् | राशि मिल्दैमा एक-अर्काप्रति गरिने ब्यबहारनै राम्रो छैन, एक अर्काले गर्नुपर्ने ख्यालनै छैन र एक अर्कोप्रति मायाँभावनै राख्दैन भने कुनै पनि बैबाहिक जीवन सफल हुँदैन तर स्वभावले पनि धेरै कुरा दर्शाउने हुँदा ज्योतिसहरुले भनेका कतिपय कुराहरु मिल्ने गरेका छन् |

परिवार बनाउन त्यस परिवार भित्रको समझदारी अत्यन्त महत्वपूर्ण मानिने हुँदा आफ्नो वैवाहिक जीवन सफल पार्न एक अर्कोप्रति उत्तरदायी हुनुस् | आफूले गरेको ब्यबहार राम्रो जस्तो लागेन भने माफी माग्नुस र आफुले गरेको ब्यबहार सच्याउने प्रयास गर्नुस् | आफ्नो जीवन साथीलाई नराम्रो लाग्ने कुराबाट सकेसम्म टाढा रहनुस् | तब जीवन सुखी रहन्छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!