सावधान ! यस्ता व्यक्तिलाई कलेजो क्यान्सरको खतरा बढी हुन्छ

Posted on: 15 May, 2018

टिप्स- लिभर अर्थात् कलेजो क्यान्सरको पहिलो चरणमै धेरै लक्षणहरु देखिन्छन् । यदि, यी लक्षणहरुलाई ध्यान दिएर समयमै चिकित्सक कहाँ पुगे, ठिक गर्न पनि सकिन्छ । कस्ता व्यक्तिलाई लिभर क्यान्सर हुने खतरा हुन्छ ? जान्नुहोस् ।

१. बढी मदिरा सेवन गर्ने – मदिरा बढी सेवन गर्नाले ‘लिभर सिरोसिस’ नामक रोग हुनसक्छ, जुन क्यान्सरमा परिवर्तन हुन्छ ।

२. हेपाटाइटिसका बिरामी – हेपाटाइटिस–बी र सीका कारण कलेजो बढी खराब हुनसक्छ, जुन क्यान्सर पनि हुनसक्छ ।

३. मृगौलाका रोगी – डाइलोसिस गर्ने व्यक्तिलाई संक्रमणका कारण कलेजो क्यान्सरको खतरा बढेर जान्छ ।

४. मधुमेहका रोगी – मधुमेहका कारण ‘नन अल्कोहलिक फ्याटी लिभर’ नामक रोगको शिकार हुन पुग्छ, जुन क्यान्सरको कारण बन्न सक्छ ।

५. बढी मोटोपन भएका – मोटोपनका कारण कलेजोमा बासो बढ्छ, जसबाट क्यान्सर हुने सम्भावना बढ्न सक्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!