दाँत कसरी सुन्दर बनाउने ? जान्नुहोस् ८ घरेलु उपाय

Posted on: 08 May, 2018

दाँत मान्छेको सुन्दरतासँग जोडिएको बिषय भएकोले धेरैलाई दाँतको चिन्ता हुन्छ | बलियो र चम्किलो दाँत स्वाथ्यको लागी मात्र नभएर सुन्दरतासंग पनि जोडिएको हुन्छ | एक अनुसन्धानको अनुसार विश्वभर दाँतसंग सम्बन्धित रोग बढी लाग्ने गरेको पाईन्छ | दाँत भन्ने बितिकै मुख र मुखसंग सम्बन्धित चिंउडो, तालु र अनुहार पनि पर्छन् | मानिसले बोल्दा, हाँस्दा, खाँदा, भाषण, गर्दा या गीत गाउँदा धेरैको नजर दाँतमा पर्छ | त्यसैले पनि दाँतको चमक कायम रहेमा आफुलाई मात्र नभएर अरुलाई पनि सकारात्मक प्रभाव पर्छ |

दाँत चम्काउने ८ घरेलु उपाय


१. तुलसी-

तुलसीमा दांतको पहेलोपन हटाउने एक अद्भुत शक्ति रहेको छ । यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र होइन मुख र दात सम्बन्धि अन्य रोगबाट बचाउने काम पनि गर्दछ । तुलसीको पातलाई घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्टसंग मिलाएर ब्रस गर्ने गर्दा दांतको पहेलोपना हटेर चमक आउन थाल्छ ।

२. नुन र तेल- 

नुन र तेलले दांत सफा गर्ने चलन अझै पनि छ,  नुनमा शुद्ध तोरीको तेल मिलाएर दांत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेलोपना हटेर जान्छ ।

३. सुन्तलाको बोक्रा -

सुन्तलाको बोक्रालाई घाममा सुकाएर त्यसको पाउडर बनाउनु होस् । दाँत ब्रश गरिसकेपछि उक्त पाउडरले दातमा हालका मसाज गर्दा भिटामिन सी र क्याल्सियम कारण दात चम्किलो हुन मदत गर्छ ।

४. गाजर -

खाना खाइसकेपछि दिनहु गाजर खाने बानी बसाल्दा पनि दाँतको पहोलोपन हट्छ । गाजरमा रहेको रेसाहरुले दांतलाइ राम्रोसंग सफा गर्न मद्त गर्दछ ।

५. निम – 

निमको उपयोग धेरै पहिलेदेखी नै दांतको सफाई गर्न गरिदै आएको छ | दिनहु निमको काठ, निमको सानो हाँगाले दात सफा गर्ने बानीले दाँतमा कुनै किसिमको रोग लाग्न दिदैन |

६. कागतिको रस - 

एउटा कागतीको रस निकालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानि मिसाउनु होस् र खाना खाइ सकेपछि यहि कागती पानीले दिनहु कुल्ला गर्ने गर्नुहोस । यसो गर्दा दाँतको पहेलोपना त हट्छ नै साथै सास गनाउने समस्याबाट पनि छुटकारा पाउन सकिछ  ।

स्ट्रबेरि-

स्ट्रबेरी दांत चम्किलो बनाउने सबै भन्दा मिठो र सजिलो उपाए हो । यसमा पाइने मालिक एसिडले दाँत लाइ सेतो र चम्किलो बनाउछ ।

 केरा-

केरालाइ पिसेर यसको पेष्ट बनाउनु होस् । यसको पेष्टले दाँतलाइ दिनहु एक मिनेट मसाज गर्नुहोस, मसाज पछि दाँत ब्रश गर्नुहोस । यो उपायले दाँतको पहेलोपन हटाउनलाई मदत गर्छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!