भूकम्पदेखि क्यान्सरसम्म - कुकुरले यी ४ खतराबारे पहिलेनै सूचना दिन्छ, यसरी गर्छ इशारा

Posted on: 01 May, 2018

यस तथ्य शायद सबैलाई थाहा छ कि कुकुर एक इमान्दार जनावरको रुपमा मानिन्छ । केहि यस्ता कुरा छन्, जो कुकुरले मानिसभन्दा अघिनै संकेत पाईसकेको हुन्छ । संसारमा भएका फरक-फरक घटनाहरुमा घटना अगावै कुकुरले देखाउने फरक व्यवहारले पनि यस बिषयको प्रमाणित गर्छ । विशेषज्ञहरुको अनुसार कुकुरमा सुघ्ने क्षेमता निकै ज्यादा हुन्छ  । यसैले कयौं पटक यस्तो पनि हुन्छ कि हामीलाई एक पटक गएको कुनै बाटो फर्केर आउँदा भुल्नसक्ने हुन्छ तर कुकुरले भुल्दैन । 

यस्तै तरिकाले जब कुनै पोथी कुकुर घाममा आउँछ भने कयौं भाले कुकुरहरु पोथीलाई घेर्न आईपुग्छन्, किनकी पोथी कुकुरमा फिरोमेन्स हर्मोन हुन्छ । यसको साथै यस्ता केहि कुरा छन् जो मानिसहरुभन्दा पहिले कुकुरले अनुभव गर्छ । 

भूकम्प

अहिलेसम्म कुनै बैज्ञानिकले यो कुरा सावित गर्न सकेको छैन कि कुकुर भूकम्प आउनुअघिनै यसको सूचना कसरी दिन सक्छ ? बैज्ञानिकहरु नै मान्छन कि कुकुरले भूकम्प आउनु अघिनै त्यसबारे जानकारी पाईसकेको हुन्छ । त्यसैले पनि भन्न सकिन्छ कि यदी कुकुरले गर्ने संकेत बुझ्न सकिने हो भने भूकम्प अघि नै मानिसले बिपत्तिको सूचना पाउन सक्छ । 

भूकंप विशेषज्ञका अनुसार, कुकुर त्यस्तो इलेक्ट्रिक सिग्नललाई थाहा पाउन सक्छ कि जुन भूकम्प अघि प्रथ्वीबाट आउँछ । जापानमा २०११ मा भूकंप आएको थियो तब मानिसले यो थाहा पाएका थिए कि भूकम्प अगाबै कुकुरको व्यवहार परिवर्तन भएको थियो । शान्त कुकुर पनि भुकेर बहुलाएको जस्तो व्यवहार देखाउन थालेको थियो । त्यस्तै इसी चाइनामा १९७५ मा आएको भूकंप अघि नै कुकुरको ब्यबहार परिवर्तन भएको थियो । चाइनामा त्यतिबेलाको भूकम्पले २ हजार मानिस मारिएका थिए । 

खतरा

कुकुरलाई कुनै पनि खतराको संकेत मानिस भन्दा अघिनै थाहा हुन्छ । उसको अनुहारको भाउ र सरिरको भाषामार्फत सम्बन्धित व्यक्तिको सोच पत्ता लगाउन सक्छ । मानिस मात्र नभई बम पत्ता लगाउने, ड्रग पत्ता लगाउने जस्ता कुरा कुकुरले सुँघेर पत्ता लगाउँछ ।

प्रेग्नेन्सी 

यो कुरा अहिलेसम्म वैज्ञानिकहरुले प्रमाणित गरेका छैनन् तर कुकुर मानिसको सारीरिक भाषा, बास्ना र व्यवहारको माध्यम मार्फत गर्भवती भएको बारे जानकारी लिन सक्छ । गर्भ रहेको अवस्थामा जब महिलाको दिमाग, सारीरिक भाषा, व्यवहार, सरिरको आकार र बास्नामा जस्तो परिवर्तन आउँछ, त्यसलाई कुकुरले सहजै पत्ता लगाउन सक्छ ।

खतरनाक रोग 

कुकुरले क्यान्सर लागेको पत्ता लगाउन सक्छ । रिसर्चरहरुको अनुसार क्यान्सर टिश्यू जो केमिकल छाड्छ, उक्त केमिकल नर्मल टिश्यूभन्दा फरक हुन्छ र कुकुरले त्यस्तो केमिकलको फरक पहिचान गर्न सक्छ । क्यालीफोर्नियाको एक एक महिलाले यो नोटिस गरेकी थिइन् कि उनको कुकुरले उनको दायाँ छातीको स्पर्श गर्थ्यो । जब उनि डाक्टरकोमा गइन् तब उनलाई थाहा ब्न्हायो कि उनलाई दायाँ छातिमा क्यान्सर छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!