उच्च रक्तचापको नियन्त्रण गर्ने घरेलु उपाय यस्ता छन्

Posted on: 12 Apr, 2018

उच्च रक्तचाप नियन्त्रण गरिएन भने त्यसले मुटु र मृगौलामा बढी असर गर्छ । यसले हृदयघातको जोखिम बढाउँछ ।

अहिले उच्च रक्तचाप आम समस्या बन्दै गएको छ । अस्वस्थ्यकर जीवनशैली, तनाव, धपेडी, होड आदिको कारण उच्च रक्तचाप बढ्छ ।

कसरी नियन्त्रण गर्ने ?

उच्च रक्तचाप नियन्त्रणका लागि सबैभन्दा पहिला जीवनशैली परिवर्तन गर्नुपर्छ । तनावरहित जीवन व्यातित गर्नुपर्छ । कामको बोझ लिनुहुँदैन ।

खानपान र दिनचर्यालाई सन्तुलित राख्नुपर्छ । मदिराजन्य खानेकुरा, जंकफूड, धेरै नुनिलो, चिल्लो खानेकुराको सेवन गर्नुहुँदैन ।

नियमित मात्रामा उच्च रक्तचाप बढेमा चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गर्नुपर्छ । त्यससँगै व्यायाम, योग, प्रणायाम जस्ता विधी अपनाउनु पर्छ ।

सन्तुलित र स्वस्थ्य आहार, सक्रिय दिनचर्या, तनावरहित जीवनले उच्च रक्तचापलाई नियन्त्रणमा राख्न सकिन्छ ।

त्यसबाहेक केहि घरेलु विधी छन्, जसले उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ ।

के छ घरेलु विधी ?

– गोलभेडाको सेवनले शरीरमा आवश्यक भिटामिन मिल्छ । यसले रगतको धमनीमा फ्याटी एसिड जम्न दिदैन ।

– चुकन्दर एवं मुलाले शरीरमा नाइट्रेसको मात्रा बढाउँछ, जसले उच्च रक्तचाप कम गर्छ । त्यसैले यसलाई आफ्नो सलादमा सामेल गर्नुहोस् ।

– उच्च रक्तचापबाट बच्नका लागि पानीको सेवन पनि लाभदायक हुन्छ । यसले शरीरको अधिक नुन बाहिर निकाल्छ ।

– मेथीको दाना रातभर भिजाउने र बिहान खाली पेटमा त्यसको रस पिउने ।

– बिहान खाली पेटमा लसुनको केस्रा खानुपर्छ । यसले रगत पातलो बनाउँछ, जो रक्त प्रवाहमा सहज हुन्छ । साथै कोलोस्टोर पनि नियन्त्रण गर्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!